लामो विवादका बीच बागचौरले शिलान्यास गर्यो वडा नम्बर ५ को भवन

सल्यान जिल्लाको बागचौर नगरपालिकाले आज वडा नम्बर ५ को कार्यालयको भवन शिलान्यास गरेको छ । लामो समयको बिवाद पछि नगर प्रमुखको सक्रियतामा बिवाद मिलाएर आज एक कार्यक्रमका बिच वडा कार्यालयको भवन शिलान्यास गरिएको हो । निकै पुरानो बिवाद र कार्यालय कहाँ राख्ने भन्ने कुराको समेत टुंगो नहुदा अन्योल परेको वडा कार्यालय शिलान्यास संगै अब बिवाद मुक्त भएको छ ।

बिज्ञापन

आज एक कार्यक्रमका बिच नगर प्रमुख जनक राज गौतमले उक्त भवनको शिलान्यास गरेका हुन ।
भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, वडा नं. ५ का वडा अध्यक्ष जाेगेन्द्र वली, कार्यपालिका सदस्य रेशम बि.क, रिता दमाई, वडा सदस्य, प्राविधिक, कर्मचारी लगायत वडा वासीहरुकाे उपस्तिथि रहेको थियो । भवन निर्माणकाे काम समयमै सम्पन्न नहुने गरेको जनगुनासोका बिच ठेकेदार कम्पनीलाई समयमै सम्पन्न गर्न नगर प्रमुख गाैतमले निर्देशन समेत गरेका छन । यश संगै अब वडा कार्यक्रम वडाको प्रमुख ब्यापारिक केन्द्र बाङेलाखुरिमा रहने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु