ललितपुरको महालक्ष्मीमा आगलागी, एकै परिवारका ५ जना घाइते

ललितपुर । महालक्ष्मी नगरपालिका-१७ बाफलस्थित एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् ।

आगलागीमा परि घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा रहेका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको छ ।

बिज्ञापन

मोबिल स्टोर रहेको टहरोमा भएको आलगागीमा भएको सुवेदीले बताए । आलगागी लगभग नियन्त्रणमा आइसकेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु