रास्वपाका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेकोबारे के भन्छन् रवि लामिछाने?

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्ति सरकार वा गठबन्धनमा समस्या आएको भन्ने नबुझ्न आग्रह गरेको बताएका छन्।

बिज्ञापन

बिहीबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा राजीनामा पत्र बोकेर हिँडेको कुरा रास्वपाको मूल स्वभाको निरन्तरता रहेको बताए।

बिज्ञापन

‘त्यसको मोटिभ हामीले राम्रो काम गर्न सकेनौं भने वा काम गर्न पाइएन, सकिएन भने टाँसिइरहेर बसेर हुँदैन भनेर सुरूवातदेखि नै भनिरहेका छौं। यो रास्वपाको मूल स्वभावको निरन्तरता हो,’ उनले भने।

मन्त्री लामिछानेले यी सब कुरा बजेटसँग सम्बन्धित रहेको पनि स्पष्ट पारे।

बिज्ञापन

‘बजेटमा काम गर्ने तौरतरिका, बजेट निर्माण हुने प्रणाली, मन्त्रीको पनि त्यति पहुँच हुन नसक्ने, त्यसको अभिव्यक्ति हो। त्यसको ब्याख्या चाहीँ सरकार नै समस्यामा पर्‍यो कि भन्ने आयो। त्यस्तो होइन,’ उनले भने।

लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब रहेको पनि बताए।

‘अभिव्यक्ति गर्ने तरिका हो। हामी आफैँलाई पनि अझै केही गर्न पाए हुन्थ्यो भन्ने र हुटहुटीको प्रतिबिम्ब मात्रै हो,’ उनले भने।

उनले बजेटबारे छलफलका लागि पर्याप्त समय पनि नभएको बताए। त्यही छलफलका लागि समय नभएका विषयलाई अभिव्यक्त गरेको उनले बताए।
‘कुनै कारणले समय पर्याप्त नहुँदा र फेरि गठबन्धन परिवर्तन पनि हुँदा त्यसले सोचेजस्तो हुन नपाएको कुरालाई राम्रोसँग लोकतान्त्रिक पद्धतिबाट मजाले अभिव्यक्त गरेको मात्रै हो,’ उनले भने।

यसबाट गठबन्धनमा समस्या भयो कि वा सरकारमा समस्या भयो कि भन्ने नबुझ्न मन्त्री लामिछानेले आग्रह गरे।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु