राष्ट्रिय युवा परिषदको BooTcamp business incubation तालीम सफलता पुर्बक सम्पन्न,

राष्ट्रिय युवा परिषदको BooTcamp business incubation तालीम सफलता पुर्बक सम्पन्न,

बिज्ञापन

नेपाल सरकार राष्ट्रिय युवा परिषदको आयोजना र फ्युचर नाउको सहकार्यमा बैशाख २३ देखी संचालन भएको युवाका नविन सोच र विचारहरुलाई उधममा परिणत गर्ने Bootcamp business incubation तालिम ८ औं दिनमा आज समापन भएको छ।
कार्यक्रममा विभिन्न युवाका नविन सोच तथा विचारलाई तालीममा सहभागी गराईएको थियो।
परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत,फ्युचर नाउका निरज खनाल,परिषद सदस्य विनोद शाही,शाखा प्रमुख रमेश मैनाली,लगायतको उपस्थिती थियो।
कार्यक्रममा आअफ्नो व्यापार प्रदशन गर्ने ब्यबस्थापन मिलाईएको थियो।ऊनीहरुलाई आफ्नो आईडिया र ब्यापारको बारेमा जानकारी गराउन उक्त प्रदशन गरिएको हो।
नवीन सोच भएका प्रत्येक ब्यक्तिहरु मध्येबाट उहाँहरुको महत्त्वपूर्ण ब्यापार योजना,ऊनीहरुको प्रमुख आईडिया योजनालाई प्रस्तुत गर्ने मौका समेत दिईएको परिषद बोर्ड सदस्य विनोद शाही ठकुरीले बताए।
हरेक युवाले आफ्नो महत्त्वपूर्ण विचारलाई कसरी उधममा जोड्ने भन्ने कुनै सल्लाह पाएका छैनन कति सूचना बाहिर छन युवालाई उधममा परिणत गर्न त्यसैले राष्ट्रिय युवा परिषदले सार्बजनिक सूचना निकाल्दै प्रतिस्पर्धा अनुसार कार्यविधी अनुरुप उहाँहरुलाई छनोट गरि प्राथमिकता राखी हामीले तालीम प्रदान गरेका हौं। अब उहाँहरुले आफ्नो आइडिया अनुसार गर्न खोजेको उधम सफलता पुर्बक अगाडि बड्ने हामीले अपेक्षा राखेका छौ। उनले भने

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु