मौसममा खराबी आएपछि वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिए

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् ।

निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा प्रभावित बनेको हो ।

बिज्ञापन

समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो ।

बिज्ञापन

वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका छ । भारी वर्षाका कारण मंगलबार नेपाल र श्रीलंकाबीचको खेल पनि रद्द हुन पुगेको थियो । खेल रद्द भएपछि दुवैले १(१अंक बाँडेका थिए ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु