मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ : राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारी

तुलसीपुर उपमहानगरपालिका वडा न ५मा राप्रपाले वडा अधिवेशन सम्पन्न गरेको छ । अन्जन अधिकारी वडा अध्यक्षमा निर्वाचित भएका छन् । पार्टिको बिधान बमोजीम २५ सदस्यीय वडा कमिटि गठन भएको हो ।

बिज्ञापन

सुधिर गुरुङको अध्यक्ष्यता एवम केन्द्रीय सदस्य दामोदर भण्डारीको प्रमुख आथित्यमा आज तुलसीपुरमा अबिधेशन सम्पन्न भएको हो । प्रमुख अथिती भण्डारीले मुलुकमा नयाँ राजनीतिक समिकरण फेरवदलले जनताको जीवनस्तरमा प।िवर्तन नहुने बताएका छन् । मुलुकमा एक पछि अर्को गरी समस्या बढदै गएका छन् , जनतामा निरासा थपिदो छ । अर्थतन्त्रको आवस्था पनि भनिए जस्तो सुधार नभएकोले ब्यबसायी पलायन भइरहेका छन् । त्यसैले सवै समस्याको समाधानकोलागी मुलुकमा नया राजनीतिक समिकरणको खाँचो भएको वताएका छन । त्यसैगरि आगामी निर्वाचन विजय हासिल गर्ने गरि संगठन बिस्तारमा लाग्न निर्देशन समेत दिएका छन् ।

बिज्ञापन

त्यसै गरि केन्द्रीय सदस्य सरिता देवकोटाले स्वरोजगार भए मात्र राजनीतिक सफल हुने बताएकी छिईन । उनले देशबाट युवा पलायन रोक्न सरकारले युवाहरुलाई रोजगारीमुखि शिक्षा दिनु पर्ने बताएकी हुन । अर्का केन्द्रीय सदस्य मधुसुदन केसीले जनताका समस्या जहाँका त्यही रहेका र देशले विकासको गति लिन नसकेकाले सरकार पविर्तनले जनतालाई हर्ष न बिस्मात भएको छ । जनताको समस्याका निकास खोज्नकोलागी राप्रपा अग्रसर हुने बताएका थिए ।

कार्यक्रममा लुम्विनी प्रदेशका उपाध्यक्ष भुपाल रावतले राप्रपा राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट पारेका थिए । उनले अव आन्दोलनको माध्यमबाट भए पनि हाम्रा ऐजेण्डा स्थापित गर्ने दावी गरेका छन ।

बिज्ञापन

लुम्विनी प्रदेशका सह सचिव दिपक धिताल, पुर्व केन्द्रीय सदस्य बंशीकुमार शर्मा, राष्ट्रिय प्रजातान्त्रिक खेलकुद परिषदका जिल्ला अध्यक्ष नितिन गुरुङ , जिल्ला सदस्य बसन्त श्रैष्ठ, मधुकर न्यौपाने, बिनोद न्यौपाने तुलसीपुर नगर कमिटिका अध्यक्ष पर्वत बस्नेत लगायतकाले शुभकामना दिएका थिए ।

निर्वाचन क्षेत्र न ३ क प्रदेश सभाका अध्यक्ष लक्ष्मण केसीको स्वागत मन्त्यबबाट सुरु भएको कार्यक्रमको सञ्चालन श्रीमणि न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु