महोत्तरीमा गाडी दुर्घटना हुँदा दुई जनाले गुमाय ज्यान

काठमाण्डौ – महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय जीपले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । ज्यान गुमाउनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिज्ञापन

जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको  जीपले गएराति पिपरा–१ सडकखण्डमा एउटा ट्याक्टर र साइकललाई ठक्कर दिएको थियो । जीपकाे ठक्करबाट ट्याक्टरमा पछाडि बसेका राइन र साइकलयात्री यादवको ज्यान गएको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु