महामन्त्री थापाको नेतृत्व र समुदायमा कांग्रेस सम्बाद यात्राले पलाएको आशा

राजकुमार लामा,काठमाण्डौँ
राष्ट्रिय राजनीतिमा आएको आक्समिक तरंगले अहिले नेपालको ठूलो र पुरानो दल नेपाली कांगेसमा सामुदायमा कांगेस भन्ने भावनाको जागरण पलाएको छ । यसरी पलाएको सामुदायीक भावनाको आभाष अहिले कांगेस कार्यकर्ताहरुले गर्न थालेका छन् । भने यसलाई एउटा उत्साहको पाटोेको रुपमा लिन थालिएको छ ।
जहिले देखी नेपाली राजनीतिमा परिवर्तनका पाटाहरु देखीन थाले त्यो बेला देखी कांग्रेसको सामुदायीक नेतृत्वको भूमीकालाई प्रखर मानिदै आएको छ । यही सामुदायीक नेतृत्वको भूमीकाका कारण अहिले सम्म कांग्रेसले जनमाझ आफनो अस्तित्व र दवदवालाई कायम गर्दै आइरहेको छ । कांग्रेसको संस्थापक महामानव नेता विपी कोइरालाले ल्याएको यो अवधारणालाई सत्ता राजनीतिको सोचमा मन्थन गरिन थालिए पछि केही धुल्मिलिन थालेको थियो । त्यो अवस्थाको कायम अहिले पनि छ ।
सत्ता राजनीतिको चास्नीमा फस्न थालेपछि कांग्रेस भूलभूलैयाको सागरमा जसै डुब्न थाल्यो उसले आफनो र आफन्तलाई नै पराया सम्झिन थाल्थ्यो । जसको कारण सामान्य कांग्रेसी कार्यकर्ताहरुमा नैरासाले बास बस्न थालेको थियो ।

बिज्ञापन

अहिले देशमा विस्तारै जन्मिन थालेको नयां राजनीतिक परिवर्तनको प्रभावले आक्समिक रुपमा कांग्रेसले सामुदायीक अग्रसता देखाउन थालेको छ । जुन आम कांगे्रसजनको कांग्रेस प्रति विश्वास बढाउने एउटा सवल पक्ष पनि हो ।
कांग्रेसले यो अवधारणालाई विधिवत रुपमा नै घोषणा गरेर अगाडी सारेको छ । जसको सवल नेतृत्व दिने माध्यम बनेका छन् कांग्रेसका महामन्त्री गगनकुमार थापा । महामन्त्री थापाको नेतृत्वमा अहिले देशभर समुदायमा कांग्रेसको नारा घन्किन थालेको छ । भने कांग्रेसीहरुले आपसी मनोभावलाई निर्वाद रुपमा प्रस्तुत पनि गर्दै छन् । सात प्रदेश भित्र रहेका संसदीय निर्वाचन क्षेत्र भित्र गरिने यो संवाद यात्राले कार्यकर्ताहरुमा एकात्मक भावना जगाउन ठूलो महत्व पनि राखेको छ ।
समुदायमा कांग्रेसका कारण अहिले कांग्रेसका पुराना नेतृत्वले जगाएको भावना र पहिचानलाई जगाउने काम पनि गरेको छ । भने विगतमा विभिन्न कारणले रोकिएको यो यात्राको सुरुवातको कारण कांग्रेसजनमा खुशीको लहर छाउन थालेको छ ।
नेपाली कांग्रेसको राजनीति त्यसमा पनि युवा नेतृत्व र भुमीकालाई जहिले पनि अग्ररुपमा बहस गर्न सक्ने क्षमता भएका महामन्त्री थापाको सबल कार्यले कांग्रेसलाई एकपटक झकिझकाउ नर्पाला भन्न सकिन्न ।

बिज्ञापन

कांग्रेसका नेता केशव कुमार बुढाथोकीको निधनको कारण केही समयको लागि पछि सारिएको यो संवाद यात्रा फेरी चैत्र १६ गते बाट पश्चिम नवलपरासीको गोपीगंञ्जमा रहेको विपि कोइरालाको सालिकमा माल्यापण गरि सुरु गरिएको यात्राको नेतृत्व पनि महामन्त्री थापाले नै गरेका थिए । भने कार्यक्रमको समापन बांकेको फत्तेपुरमा गरिएको थियो ।
नवलपरासी हुंदै बांके पुगेको समुदायमा कांग्रेसको यात्राले अहिले राजनैतिक माहोलको सिर्जना गर्न थालेको छ । जसको मुल कारण बनेका छन् यात्राका नेतृत्वकर्ता महामन्त्री थापा । पुराना र लुकेर बसेका कांग्रेसीहरुले अहिले विपि कोइराला पछि कांग्रेसको नेतृत्व गर्न सक्ने क्षमतावान नेतृत्वको रुपमा महामन्त्री थापालाई उभ्याउन थालेका छन् । जुन कुराको पुष्टि महामन्त्री थापा प्रति जनलहरमा देखीएको उत्साहले पनि देखाउंथ्यो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु