मलाई जति न्याय गर्नुपर्थ्यो, त्यति भएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासमीकरण परिवर्तन भएका विषयमा प्रतिनिधिसभा बैठकमा आफ्ना भनाइ राखेका छन् । बिहीबार संसद् बैठकमा उनले प्रधानमन्त्रीको पद जोगाउन अप्ठ्यारो नहुँदा पनि गठबन्धन फेरिएको बताए ।

बिज्ञापन

“म कुनै समस्या वा अप्ठ्यारोमा थिइनँ  । न मेरा प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मेराबीच अविश्वास पनि केही पनि थिएन,” उनले भने, “टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने म पछिल्लो साथ र सहकार्यप्रति शेरबहादुर देउवा र नेपाली कांग्रेसप्रति धन्यवाद दिन चाहन्छु,” उनले भने ।

बिज्ञापन

व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीतिक परिणाम निर्णायक हुने उनले उल्लेख गरे । “राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीतिक परिणाम निर्णायक हुनपुग्दा रहेछन् । अघिल्लो गठबन्धनमा त्यही भयो,” उनले भने ।

प्रधानमन्त्रीका रूपमा आफूमाथि नेपाली कांग्रेसबाट न्याय नभएको उनले बताए । “साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो, तर परिवर्तन, सुशासनको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीको रूपमा मलाई जति न्याय गर्नुपर्थ्यो, त्यति न्याय भएन । म सरकारको गतिसँग असन्तुष्ट छु भनेर भनिरहेकै थिएँ,” उनले भने । -१२ खरी

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु