मलाइ हार्न पनि समय लाग्यो

मलाइ हार्न पनि समय लाग्यो

बिज्ञापन

यो मन बरु केहिबेर अगि नै हार मान्दिएको भए देश छोडिसक्थे बरु ,,
यदि गाउमा बुढा बा-आमा नभएको भए के थाहा सन्सारै पो छोडिदिन्थे कि ,,
जब प्रतिस्पर्धासङ्गै बढदै गए मेरो जिम्मेवारी र उमेर..
निल्नु न ओकोल्नु जस्तै भाछ यो जिन्दगी !
मलाइ त हार्न पनि समय लाग्यो

बिज्ञापन

साथिले पढाइसङ्ग हार्यो ,गयो बिदेश ,अहिले घर बनाको छ रे सहरतिर ,
मैले छोडनै सकिन यो देश लटपटिए यतै सपना र रहरतिर,,
बरु थाकेको भए केहिबेर विश्राम लिनेथिए ,तर उठनै नसक्ने गरि बझारिएछु भुमरिमा , -मलाई त हार्न पनि समय लाग्यो ।

परिश्रमले फल देला कि भनी रातदिन एकै ठानी मेहनत नगरेको होइन,
फेरि ;भाग्यले पनि अल्लि साथ दिन्छ कि भनी भगवान पुझ्न मन्दिर नगयको पनि होइन ,,
बरु लडदा हात उठाइदिने कोहि भैइदिए के-थाहा फेरि हिड्न पो सक्थे कि !
यी सबै कुरा कल्पनाबाटै टाढा राख्दिए त्योसमय
त्यसैले मलाइ त हार्न पनि समय लाग्यो।

बिज्ञापन

सिर्जना शाही ( जाजरकोट )

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु