मधु मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।

बिज्ञापन

मरासिनीको पेमेन्ट गेटवे अनियमितता प्रकरणमा नाम आएपछि उनी निलम्बनमा परेका थिए ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु