भीमेश्वर नगरपालिका–४ ले  गर्‍यो सवारी  चालक तालिम सञ्चालन 

  1. दोलखा । भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो ।

तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उनले बताए । “यो अभियानमार्फत वडाका युवालाई रोजगारतर्फ लैजान सुरु गरिएको अभियान प्रभावकारी भएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताए । चालु आर्थिक वर्षमा २० जनालाई रोजगारका लागि तालिम दिँदा १० जना सफल भएर ड्राईभर बन्न लागेकाले तालिम उपलब्धिमुलक भएको उनको भनाइ थियो ।

बिज्ञापन

भीमेश्वर–४ का वडाध्यक्ष चौलागाईंले वडाको बजेटबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत तीनपाङ्ग्रे, चार पाङ्ग्रे बोलेरो, ट्याक्सी, अटो ट्याम्पु चलाउन सक्ने गरी तालिम दिइएको बताउँदै यसबाट स्वदेशमै रोजगारीका अवसर सृजना भएको जानकारी दिए । “तालिमका प्रमाणपत्र दिनका लागि मात्रै आयोजना गरिएको छैन”, उनले भने ।

बिज्ञापन

नगरप्रमुख मानन्धरले तालिमको अनुगमन गरी सीपमूलक ज्ञानको मूल्याङ्कन गरेर मात्रै उनीहरुलाई नगरपालिकाले प्रमाण पत्रवितरण गरेको बताए । नगरप्रमुख मानन्धरले तालिममा सहभागीले चलाएको अटो ट्याम्पुमा यात्रा गरेर सीप परीक्षण गरिएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए ।

तालिममा सहभागी स्थानिय पार्वती श्रेष्ठले भनिन्, “यो तालिम अत्यन्तै जीवन उपयोगी भएको छ । विदेश जाने योजनामा थिएँ, अब स्वदेशमा नै ड्राईभर भएर जीविकोपार्जन गर्ने हो ।” उनी जस्तै तालिममा सहभागी अधिकांश उत्साहित छन् । वडाले चालक अनुमतिपत्र लिएर आएका तालिममा सहभागीलाई तीनपाङ्ग्रे सावारी किन्न ४० प्रतिशत अनुदान दिने योजना बनाएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु