भारतसँग हार्दिकताका साथ छलफल गर्न चाहन्छौं : परराष्ट्रमन्त्री श्रेष्ठ

उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

बिज्ञापन

आफ्नो चीन भ्रमणबारे जानकारी दिएका परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणमा भएका भेटवार्ताहरु र छलफलबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् ।

बिज्ञापन

भारतसँग पनि यसरी नै छलफल गर्न चाहेको उनको भनाई छ । तर अहिले भारतमा लोकसभा चुनाव हुन लागेकाले तत्काल उच्चस्तरको भ्रमण नहुने उनले बताए । नेपाल भारत सम्बन्धमा इतिहासले छाडेका कतिपय विषय रहेको भन्दै उनले यसको कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु