बित्तीय र मिटर ब्याजी पिडितको हरिबेजोक: सरकारको कानमा तेल

काठमाडौं । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौंमा धर्नारत छन् । कहिले खाली खुट्टाले पैदल हिडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन् ।

बिज्ञापन

आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ । दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको ठण्डीमा काठमाडौंमा कसरी बसिरहेका छन्  कसैले चासो लिएको छैन । दिउँसो होस् वा राति, भृकुटीमण्डपमा एउटै त्रिपालभित्र चिसो भुँइमा पल्टिएर थकान मेटाइरहेका छन् उनीहरू ।

बिज्ञापन

सरकारले पटक पटक समस्या समाधान गर्ने आश्वासन दिएपनि आफूहरूले न्याय पाउने अवस्था नबनेको उनीहरुको भनाइ छ । यसपटक आफूहरुलाई न्याय सुनिश्चित हुने गरी न्यायिक छानविन आयोग गठन गर्नुपर्ने उनीहरूको बटमलाइन छ । हामी गौशाला पुग्दा कोहि दाउरा बनाइरहेका थिए, कोहि पानी बोकिरहेका थिए, कोहि खाना पकाउन ब्यस्त थिए । दिन भरीको थकान मेटाउन कोहि पल्टिरहेका थिए । कोहि भोको पेट भर्न खानपिनको जोहो गर्दै थिए । छेउमै महानगरले सार्वजनिक घुम्ती शौचालय राखेको थियो । अनि २ गाडी प्रहरीले मानौ सुरक्षा दिए झै खटिएका थिए । तर पिडितले न्याय पाउने कहिले ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु