बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको छ ।

बिज्ञापन

बिज्ञापन

शान्ति प्रक्रिया र संवैधानिक परिषद्को बिषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले ओली र देउवालाई बोलाउनुभएको हो । नयाँ सत्ता समीकरण बनेपछि अध्यक्ष ओली र सभापति देउवा एकै साथ पहिलो पटक बालुवाटार पुग्नुभएको हो ।

बिज्ञापन

बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक बिषयमा समेत हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । उक्त बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु