बाँकेमा गोली हानेर लागुऔषधका कारोबारी पक्राउ

नेपालगञ्ज। लागुऔषध कारोबारी पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । कोहलपुरमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारी कोहलपुर-१२ चप्पलगौडीका २६ वर्षीय सुरेश परियार घाइते भएका छन् । उनको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

बिज्ञापन

परियारसँगै प्रहरीले सोही ठाउँका २७ वर्षीय प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ ।

बिज्ञापन

प्रहरीले उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु