फेसबुकमा फेरि देखियो समस्या, कभर फोटो नै देखिन छाड्यो !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेरि समस्या देखिएको छ । प्रयोगकर्ताहरूले अरूको कभर फोटो नदेखाएको, सर्च हिस्ट्री नदेखिएको, स्टोरी लोड नभएको जस्ता गुनासो गरिरहेका छन् । यद्यपि, आफ्नो कभर फोटो भने हेर्न मिल्छ ।

बिज्ञापन

वेबबाट फेसबुक चलाउने प्रयोकर्ताहरूले भने अनलाइन सूची देखिरहेका छन् ।

बिज्ञापन

सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा विश्वभरका १० हजारभन्दा धेरै प्रयोगकर्ताले फेसबुक मेसेन्जर एपमा याक्टिभ प्रयोकर्ता नदेखिने समस्या देखिरहेको गुनासो गरेका छन् ।

यसअघि फागुन २२ गते फेसबुकमा समस्या आएको थियो । त्यतिबेला केही समयका लागि फेसबुक पूर्णरूपमा बन्द भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु