प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्यो

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान बैठक चार बजेलाई सारिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

बिज्ञापन

यसअघि कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक सार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख घिमिरेलाई फोन गरेका थिए ।

बिज्ञापन

कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

आजको बैठकमा गृहमन्त्री रवि लामिछानेले सदनमा जवाफ दिने कार्यतालिका रहेको छ ।

बिज्ञापन

बैठकको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कानुन, न्याया तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु