प्रकाश सपूत र शान्ति श्री परियारले पूजार सार्की’ फिल्मको गितमा स्वर दिए

 

बिज्ञापन
  1. काठमाडौँ । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म हो ‘पूजार सार्की’ । फिल्मको एक गीत रेकर्ड गर्दै औपचारिक सुरुवात गरिएको छ । शनिवार फिल्मको गीतमा गायक प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका छन् । गीतको शीर्षक भने अहिले खुलाइएको छैन ।

लोक शैलीमा तयार गीतमा हर्क साउदको शब्द, सुवास भुसालको सङ्गीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज छ ।  फिल्ममा आर्यन, प्रदीप र पलको अलवा अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका रहेछ । बराइलीले यसअघि फिल्म ‘महापुरुष’ मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’ अभिनय गरेकी छन् । फिल्मको निर्देशन दिनेश राउतले गर्न लागेका हुन् ।

बिज्ञापन

‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’ लगायतका सफल फिल्म निर्देशक राउत माघको मध्यबाट फिल्म छायाङ्कनमा निस्कने बताए । विकास सुवेदीको लेखन रहेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने लागेको हो । जसको वितरण आरआर फिल्मस्ले गर्नेछ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु