पोखराका उद्यमीको प्रश्नमा युवा नेताले के दिए जवाफ ?

पोखरा । पोखरामा उद्यमी तथा व्यवसायीले सरकारको उचित नीतिको अभावले व्यापार व्यवसाय धरासायी हुँदै गएको गुनासो गरेका छन् । शनिबार बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको योङ लिडर्स विथ इन्टरप्रेनर्स कार्यक्रममा कोभिड र तत्कालीन सरकार–माओवादीको सशस्त्र द्वन्द्वको समयमाभन्दा पनि अहिले आर्थिक संकट चुलिएको उनीहरूको भनाइ छ ।

बिज्ञापन

राजनीति तथा तथा सरकारले व्यसायीका गुनासा नसुन्ने तथा आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन नगर्दा व्यवसायी पलायन भइरहेको उनीहरूको भनाइ छ । बिनाअध्ययन छोटो–छोटो समयमा नीतिनियम परिवर्तन हुँदा त्यसको मार व्यवसायीले भोग्नु परिरहेको बताएका छन् ।

बिज्ञापन

व्यवसायीका प्रश्न र गुनासामा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र राष्ट्रिय स्वतन्त्रपार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सरकार र राजनीतिक दलमा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवशयक रहेको बताएका छन् । सयम र लगानीअनुसार सरकारले आर्थिक नीतिनियममा परिवर्तन गर्दै जानुपर्नेमा त्यसो नहुँदा व्यापार व्यवसाय र रोजगारीमा अपेक्षित सुधार हुन नसकेको स्वीकार गरेका छन् ।

Agni Group

1-1710576814.jpg

बिज्ञापन

कांग्रेस महामन्त्री तथा सांसद थापाले नेपालमा जस्तो धेरै पूर्वप्रधानमन्त्री विश्वमा कहीँ पनि नरहेको बताए । ५/६ जना पूर्वप्रधानमन्त्री अहिले पनि सक्रिय राजनीतिमा रहेको भन्दै उनले युवा नेता पार्टीमा बलियो बन्न नसकेको उनको भनाइ छ । अझै पनि केही वर्ष पार्टीका युवा नेतृत्वमा पुग्ने र बलियो अवस्थामा नपुग्ने उनको भनाइ छ ।

“जतिजति नेताहरू उमेरले बुढो हुँदैछन्, त्यति नै पार्टीभित्र बलियो हुँदैछन्,” महामन्त्री थापा भन्छन्, “अबको १५/२० वर्षपछि म पनि पार्टीभित्र त्यही अवस्थामा पुग्छु किनभने म त्यतिबेलासम्म पार्टीभित्रका संस्थामा बलियो हुन्छु । कति साथीलाई टिकट दिन्छु, कतिलाई मन्त्री बनाउँछु । नेविसंघ र तरुणदलमा मेरो प्रत्यक्ष उपस्थिति हुन्छ ।” यो परिपाटीले पार्टीभन्दा पनि व्यक्ति बलियो हुने अवस्था रहेको उनी बताउँछन् । यो परिपाटी रहेसम्म देश बलियो नहुने उनको भनाइ छ ।

Global Ime bank

स्थापना कालमा कांग्रेस, नेकपा एमाले अहिलेको रास्वपाजस्तै सबै नेता ४० वर्ष मुनिका रहेको उनले स्मरण  गरे । “युवायुवाभन्दा पहिले हामीलाई छोयो, हामी पनि युवा नै थियौँ,” उनले अगाडि थपे, “राजनीतिक दलभित्र व्यक्तिको प्रवेशका सन्दर्भमा अनेकौँ प्रावधान राखेका छौँ । तर छोड्नेबारे राखेका छैनौँ ।”

2-1710576839.JPG
उनले व्यक्ति उमेरभन्दा पनि विचारले युवा हुने तर नेपालका राजनीतिक दलमा युवा विचार बोक्ने नेतृत्व छ कि छैन भन्ने प्रश्न रहेको उनको भनाइ छ ।  “युवाको कुरा गर्दा पहिले हामीलाई छोयो । हामी पनि युवा नै थियौँ,” महामन्त्री थापाले भने, “राजनीतिक दलभित्र व्यक्तिको प्रवेशका सन्दर्भमा अनेकौँ प्रावधान राखेका छौँ । तर छोड्नेबारे राखेका छैनौँ । यतिधेरै पूर्वप्रधानमन्त्री राजनीतिमा रहेको डेमोक्रेसी कहीँ छैन ।”

कांग्रेस महामन्त्री थापाले राजनीतिक दलको सुधार नभए अरु सुधार नहुने भएकाले आफू संघर्ष गर्दै आएको बताए ।

“पार्टी सबैको सार्वजनिक संस्था हो । पार्टीले नेतृत्व कसरी छान्ने, केन्द्रीय सदस्य कति बनाउनेजस्ता सुधार गरौँ भनेर मैले मेरो पार्टीभित्र प्रस्ताव लगेको छु,” महामन्त्री थापाले भने, “नेपाली कांग्रेसले यसलाई स्वीकार गर्‍यो भने पार्टीमा सुधार हुन्छ ।”

4-1710576874.JPG
आफूले पार्टीमा दुई पटकभन्दा बढी सभापति नहुने प्रस्ताव लगेको भन्दै कांग्रेस महामन्त्री थापाले भने, “दलमा पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने नीति बनाएको भए केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, शेरबहादुर देउवा कोही पनि अहिले प्रधानमन्त्री बन्न दौडिने थिएनन् ।”

कांग्रेस महामन्त्री थापाले भने, “राजनीति खराब भएको कारण मात्रै ठीक छ भनेर भन्दिनँ । यो देशको राजनीतिक दलको नेतृत्व पहिले ठिक थियो, अहिले ठिक छैन भन्ने मुख्य कुरा के हो ?”

उनले सशस्त्र द्वन्द्व सकिएको, संविधान बनिसकेको र शान्ति स्थापना भइसकेको अवस्थामा अहिले समस्या के हो भनेर पहिचान गरेर अगाडि बढ्नु आवश्यकता भएको उनको भनाइ छ ।

देशमा सबै कुरा सकियो, यहाँ बस्न सकिँदैन भन्ने भास्य हटाउनुपर्ने उनको जोड छ । देशमा नै केही गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुपर्ने बताउँदै महामन्त्री थापा भन्छन्, “हामी नेपाल बस्नेहरू हाम्रो छनोट गलत थिएन भन्ने सावित गर्न चाहन्छौँ । त्यसको बाटो खोज्नु पर्छ ।”

3-1710576910.JPG
रोजगारी सिर्जनाका सन्दर्भमा थापाले कृषि क्षेत्रले मात्रै आवश्यक रोजगारी सिर्जना गर्न नसक्ने टिप्पणी गरे । “कृषि उत्पादन बढाउनु पर्छ । अरबौँको आयात रोक्न पनि त्यो आवश्यक छ । तर यसले रोजगारी सिर्जना गर्न सक्दैन,” उनले भने ।

उनले नेपालमा औद्योगिक विकास हुन नसकेको बताए । नेपालमा उत्पादन क्षेत्रले वार्षिक एक लाख नयाँ रोजगारी कसरी सिर्जना हुन्छ भन्नेमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले सेवा क्षेत्रमा पनि रोजगारी सिर्जना गर्न सकिने बताए ।

निमार्णका क्षेत्रमा लगानी गरेको खण्डमा अझै दश/पन्ध्र वर्ष राम्रो रोजगारी सिर्जना गर्न सकिने उनको धारणा छ । करिब ६/७ लाख हाइ पेइङ जब नेपालमै रहेको तर त्यसमा विदेशीले काम गरिरहेको उनले जानकारी दिए ।

“यो डाटा मैले ठ्याक्कै भन्न सक्दिनँ । तर ६/७ लाख हाइपेइङ जब यहीँ छ । यद्यपि, यसमा नेपाली छैनन्,” उनले भने, “नेपालमा खुल्ने नयाँ फ्याक्ट्रीमा समेत विदेशी कामदार राखिने स्थिति बनेको छ ।”

5-1710576940.JPG
निमार्ण र उत्पादनका क्षेत्रमा नेपालका दश मजदुर बराबर एक विदेशी मजदुरले काम गर्ने गरेको भन्दै विदेशी कामदार राख्ने गरिएको थापाको भनाइ छ । “केही समय अगाडिसम्म क्यानडा जानेको लाइन थियो । अब त्यहाँ जागिर पाउँदैन त्यसैले मान्छे जान छोड्यो,” उनी भन्छन् ।

उनले रोजगारी सिर्जनाका सन्दर्भमा संसद्, सरकार, पार्टी र सार्वजनिक मञ्चमा छलफल र बहस नहुने तर विदेश जाने लहर छ भनेर मात्रै भन्ने गरिएको उनको टिप्पणी छ ।

“विदेशबाट यतिवटा शव आयो भन्छौँ । बाहिर जानेलाई सम्मान दिने गरेका छौँ । बाहिर किन जाने ? नेपालमा समयमै निमार्ण क्षेत्रमा काम सकिँदैन । यसको कारण कामदार नेपालमा नपाएर पनि हो,” उनले भने, “नेपाली कामदार कसरी नेपालमै राख्ने सोच्नुपर्छ ।”

6-1710576967.JPG
टेक्सटाइल, काठ, निमार्ण, सेवा, आईटी, उत्पादन क्षेत्रमा बाह्य कामदार रहेको भन्दै त्यहाँ नेपाली नागरिकलाई नै कसरी राख्ने भन्नेबारे सोच्नु पर्नेमा उनको जोड छ ।

विदेशबाट आउने रेमिट पनि नघटेको र बैंकमा पनि पैसा रहेको अवस्थामा किन आर्थिक संकट भयो भन्दै उनी भन्छन्, “आर्थिक स्ट्रक्चरल समस्या रहेको छ । कसरी आर्थिक स्ट्रक्चर बदल्ने त्यसमा ध्यान दिनुपर्छ ।” वार्षिक दुईदेखि तीन लाख रोजगारी सिर्जना गर्न सकिने तर यसका लागि सरकार गम्भीर हुनुपर्नेमा उनको जोड छ ।

7-1710576998.JPG

नेपालमा अर्थमन्त्रालयलालाई अनावश्यक रूपमा सुपर मन्त्रायलजस्तो बनाइएको महामन्त्री थापा बताउँछन् । वास्तवमा सबै कुराको जानकारी प्रधामन्त्रीलाई हुनुपर्नेमा उनको जोड छ । प्रधानमन्त्रीको काम भाषण गर्दै हिँड्ने र गठबन्धन बनाउने हो जस्तो भाष्य तयार गरिएको र यो नै गलत भएको उनको टिप्पणी छ ।

7-1710576998.JPG

उनले वर्तमान आर्थिक समस्या समाधान गर्न सार्वजनिक खर्च बढाउनुपर्ने धारणा राखे । सार्वजनिक खर्च बढाउँदा बजार चलायमान हुने उनको आंकलन छ ।

“सरकारसँग रहेको अनुत्पादक सम्पत्ति बेचेर सरकारले ल्याओस् । पैसा निमार्ण क्षेत्रमा लगाएर बजारमा पर्याप्त रोजगारी सिर्जना गर्न आवश्यक छ,” थापाले भने, “७० अर्बको चामलको बजार छ । त्यो उत्पादन गरिरहेका छैनौँ । त्यो एग्रिकल्चरको स्पेस लिन आवश्यक छ ।” आयात घटाउन नेपालले केही कुराको आयात रोक्नबारे पनि सोच्नु पर्नेमा उनको जोड छ ।

नेपका एकीकृत समाजवादीकी नेतृ झाँक्रीले हरेक नयाँ राजनीतिक पार्टीले दश वर्षमा आर्थिक विकासमा कायपलट गर्ने आश्वासन दिने गरेको भन्दै यसमा विश्वास गर्न नसकिने बताइन् । कार्यक्रममा उनले राजनीतिक दलहरू विकास र प्रगतितर्फ कति गम्भीर छन् भन्ने कुराले मात्रै अर्थ राख्ने बताइन् ।

8-1710577032.JPG
पुस्तान्तरणका सन्दर्भमा रास्वपा सचेत सन्तोष परियाले देशमा दश/पन्ध्र वर्षमा कायापलट गर्न सकिने बताएपछि त्यसको कटाक्ष गर्दै उनले हरेक नयाँ दलले दश वर्षमा कायापलट गर्छु भन्ने गरको टिप्पणी गरेकी हुन् ।

उनले नेपालमा अहिले पनि निर्वाहमुखी कृषिप्रणाली रहेको भन्दै यसले देशमा कृषिक्रान्ति गर्न नसकिने धारणा राखिन् । विद्यालयस्तरीय शिक्षापछि सहर पस्ने प्रचलन बसेपछि त्यसको असर कृषिमा परेको उनको भनाइ छ ।

“कृषि उत्पादकत्व गाउँमा घट्दै गएको छ । सहरमा बसाइसारइ बढेका  कारण अब कृषिबाट उद्योगमा कसरी जाने भन्ने सोचले मात्रै अर्थतन्त्रमा सुधार हुन्छ,” एकीकृत समाजवादीकी नेतृ झाँझीले भनिन् ।

9-1710577066.JPG
विश्व ग्लोबलाइजेसनमा गइसकेको बताउँदै उनले नेपाली उत्पादनलाई बजारीकरण गर्ने, भाषा र प्रविधिमा नागरिकलाई इनह्यान्स गर्नेलगायत काम गर्न आवश्यक रहेको बताइन् ।

झाँक्रीले एकले अर्काेलाई गाली गरेर गन्तव्यमा नपुग्ने बताइन् । उनले भन्सारमा केही नीतिगत सुधार गर्न आवश्यक रहेको बताइन् ।

आयातित वस्तुमा कर नलाग्दा विदेशी उत्पादन सस्तो पर्ने र नेपाली उद्यम मारमा पर्ने गरेको उनको भनाइ छ । निमार्ण क्षेत्रमा काम गर्ने २४ वर्षको युवा २९ वर्षमा पुग्दा सुगर, प्रेसरको बिरामी हुने स्थिति रहेको उनको टिप्पणी छ ।

नीजि क्षेत्रले ब्युरोक्रेसीलाई माध्यमका रूपमा सकारात्मक तरिकाले प्रयोग गर्नुपर्ने र कुनै पनि कामका लागि चोरबाटो अपनाउन नहुनेमा झाँकीको जोड छ ।

10-1710577105.JPG
“कर्मचारीले मात्रै यो गर्‍यो त्यो गर्याे भन्ने मलाई लाग्दैन । कसैले आफ्नो गल्ती लुकाउन भन्छ होला । उहाँहरूलाई हामीले हतोत्साहित गर्छाैं,” उनले भनिन्, “त्यसो गर्नु हुँदैन । हामीले सहकार्य गरेर अगाडि बढ्नुपर्छ । आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्छ ।”

संघीय सरकार र स्थानीय सरकारसँग बजेट भए पनि पोखरामा भौतिक पूर्वाधारका क्षेत्रमा अपेक्षित विकास हुन नसकेको उनको भनाइ छ । “सडक, ढल, पेटीलगायत काम भएको मैले देखिनँ,” उनी भन्छिन्, “सायद म किन काम भएन भनेर मेयरलाई भेटेर पनि सोध्नेछु ।”

11-1710577137.JPG
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलगायत पैसा बाँड्ने क्रायक्रम कुनै पनि सफल नभएको भन्दै यो पैसाले पब्लिक कम्पनी खोल्न सके रोजगारी सिर्जना गर्न सकिनेमा उनको जोड छ ।

महिला आफैँ उद्यम क्षेत्रमा आउनु पर्ने भन्दै उनी भन्छिन्, “कसैले पनि अगाडि बढाइदिँदैन । आफैँ दुई/चारजनालाई रोजगारी दिने उद्यम गर्दै अगाडि बढ्नुपर्छ ।”

रास्वपा)का नेता परियारले उमेरका आधारमा भन्दा पनि विचारले युवा हुने बताए । उनले उमेर टेक्निकल पक्ष मात्रै भएको बताएका हुन् ।  “विचार आलोचनात्मक हुनु पर्छ । विचार संघर्ष गर्ने खालेको हुन्छ भने त्यसलाई म युवा भन्छु,” उनले भने ।

12-1710577178.JPG
पुस्तान्तरणका सन्दर्भमा उनले नीतिमा बाँध्न नसकेसम्म पुस्तान्तरण नहुने बताए । सबै कुराको पुस्तान्तरण भए पनि नेपाली राजनीतिमा त्यो नदेखिएको उनको गुनासो छ । “सभ्यताको पुस्तान्तरण हुन्छ । तर हामीले हाम्रो भविष्य अरुको हातमा सुम्पिदियौँ । सबै कुरा सधैंँ एकैपटक हुँदैन र यो निरन्तर हुँदै जाने कुरा हो । तर पुस्तान्तरण हुने प्रक्रियाले निरन्तरता पाइरहेको छ कि छैन त्यसमा भने ध्यान दिनुपर्छ, जुन भएको छैन,” उनी अगाडि थप्छन्, “जिम्मेवारीमा पुस्तान्तरण गरेनौँ, पुस्तान्तरण भएको भए रास्वपा आउने थिएन । हामी अनपेक्षित रूपमा एकैपटक आउनुपर्‍यो । हामीले पनि पुस्तान्तरण गरेनौँ भने हामी पनि खारेज हुन्छौँ ।” कुनै राजनीतिक दल वा व्यक्ति खारेज भए पनि व्यवस्था भने खारेज गर्न नहुनेमा उनको जोड छ ।

नेपालका राजनीतिक दलमा ज्ञानको, चेतको तथा राजनीतिलगायत सबै कुराको पुस्तान्तरण गर्न नसके अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

13-1710577209.JPG
विश्वकै उत्कृष्ठ संविधान भने पनि निराशाको पाटोलाई कसरी हटाउने भन्ने सन्दर्भमा यहाँको अर्थशास्त्रले काम नगरेको उनको टिप्पणी छ । राजनीति अर्थतन्त्रसँगै जोडिने भन्दै उनी राजनीति र अर्थतन्त्रलाई अलग–अलग गरेर हेर्न नहुने उनको धारणा छ । अर्थतन्त्र र राजनीतिलाई जोडेर नहेर्दा नेपालको अर्थतन्त्रमा समस्या रहेको उनको बुझाइ छ ।

“नेपालको राजनीति कहिल्यै पनि ठिक थिएन भन्ने हामी अहिले थाहा पाइरहेका छौँ । आजको क्याविनेटमा एकजना दलित छैन । एउटा निश्चित वर्ग र जातिको उपस्थितामा सिंगो देशको विकास हुन्छ भन्ने मलाई लाग्दैन” उनले भने, “पुँजीलाई हेर्ने हाम्रो दृष्टिमा दोष छ । निमार्ण, उत्पादन, व्यवसाय छैन । समस्या नबुझेर समाधान हुँदैन । नेपाली राजनीति अब यसतर्फ केन्द्रित हुनुपर्छ ।”

14-1710577258.JPG
प्रधानमन्धीले चाहेको खण्डमा भ्रष्टाचार नियन्त्रणलगायत धेरै काम हुने उनको भनाइ छ । “आजैबाट भ्रष्टाचार गर्ने कसैलाई छोड्दिनँ भनेर प्रधानमन्त्रीले भन्ने हो भने धेरै हदसम्म यो नियन्त्रण हुन्छ,” उनी भन्छन्, “हाम्रोजस्तो अध्यक्षात्मक र संसदीय प्रणाली भएको देशमा प्रधानमन्त्रीले चाहेको खण्डमा धेरै कुरा हुन्छ ।”

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराका पूर्वअध्यक्ष निरञ्जन श्रेष्ठ इतिहासकै कठिन अवस्थाबाट व्यापार व्यवसाय गुज्रिरहेको बताए । माओवादी द्वन्द्वको समयमा पनि व्यवसायीलाई अहिलेको जस्तो कठिन नरहेको उनको भनाइ छ ।

15-1710577292.JPG
“एनवाईईएफका हामी सबै उद्यम गर्छौं । रोजगारी सिर्जना गर्छौं । राज्यसलाई कर तिर्छाैं । राज्यले जनतलाई सुविधा दिने यही पैसाबाट हो,” उनले भने, “सामान्यरूपमा यही नै व्यवसाय र सरकारी सुविधाको प्रक्रिया हो ।”

श्रेष्ठले अहिलेको अवस्थामा विदेश जानेको लहर रोक्न औसतमा चार पाँचजनालाई रोजगारी दिनसक्ने किसिमका ६०/७० हजार उद्यम स्थापना गर्न आवश्यक रहेको बताए ।

90-1710577352.jpg
श्रेष्ठले राजनीतिकर्मीले कर्मचारीतन्त्र, राजनीति एवं उद्यम क्षेत्र गलत रहेको भन्ने भाष्य सिर्जना भएको बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु