पुरानो बानेश्वरका अधिकांस मासु पसलहरु कानुन विपरित संचालन

काठमाण्डौँ, के हजुरहरुलाई पनि मासु एकदमै मन पर्छ ? मासु विना खाना खानै मन पर्दैन ? यदि त्यसो हो भने एकैछिन पर्खनुस् है । हजुरहरुले खाईरहनुभएको मासु कतिसम्मको सफा र स्वस्थ्य छ ? के यस्को बारेमा सोच्नुभएको छ ? कसरी काटिन्छ ? कसरी सफा गरिन्छ ? स्वास्थता र हाईजिनलाई कतिको ख्याल गरिन्छ भन्ने थाहा छ ? यो तस्वीरलाई हेर्नुहोस् त , के बुझनु भयो ? अनि के देख्नुभयो ? यो हो काठमाण्डाँैको पुरानो बानेश्वरको भिमसेनगोलास्थित रहेको खड्गी मीट सप । यहाँ लेख्न चाहिँ ताजा र सफा मासु पाईन्छ भनेर लेखिएको छ । तर तर यो शब्द सिर्फ अक्षरले कोरेको शब्द मात्र हो । यहाँको वरपरको वातावरण र पसलको अवस्थालाई हेर्ने हो भने मासु त के पसलमा छिर्न समेत मन नलाग्ने अवस्था देखिन्छ । मासुजस्तो खाध्य वस्तु जहाँ किटाणु र जीवाणु सबैभन्दा छिटो सर्छ र कुहिन्छ त्यस्ता वस्तुहरु काठमाण्डौँमा खुलेआम गैरकानुनी तरिकाले बेचबिखन भइरहेको छ । यो त केवल एउटा उदाहरण मात्र हो । काठमाण्डौँमा यस्ता मासु पसलहरु हजारौँ मात्रामा छन् । जसलाई केवल व्यापार र पैसासँग मात्र मतलब रहेको छ । सर्वसाधारण जनताको स्वास्थ्यमा जस्तोसुकै असर परोस् यहाँ व्यापारीलाई केहि फरक पर्दैन । गहिरिएर अनुशन्धान गर्ने हो भने र यसको तथ्याङ्क समेट्ने हो भने , ९०% किटाणु र भाइरसहरु मासुबाट सर्दछन् । छिटो कुहिने र किटाणु तिव्र रुपमा सर्ने भएकोले गर्दा यसबाट लाग्ने रोगहरुपनि त्यतिकै मात्रामा खतरनाक रहेको हुन्छ । छेउमै काठमाण्डौँ महानगरपालिकाको वडा नं. ३१ को कार्यालय समेत रहेको छ । सरकारी कार्यालयको छेउछाउमै समेत यसरी गैरकानुनी रुपमा जनताको स्वास्थ्यमा खेलवाड गर्ने धन्दा चलाईनु आफैमा गैरकानुनी कार्य हो ।
यसरी सरकारी निकायकै छेउमै अबैध तरिकाले संचालन भएका थुप्रै मासुपसल संचालन कार्यविधि भन्दा बाहिर रहेर संचालन गरिएको पाईन्छ । हामीले यसै विषयमा रहेर काठमाण्डौँ महानगर संग जवाफ माग्दा त्यसरी गैरकानुनी रुपमा संचालन गर्न नपाईने र गरेको पाईएमा कानुनीरुपमा अगाडी बढन् समेत सकिने बताएको छ ।
यसरी जनताको स्वास्थमाथि खेलवाड गर्ने जोकोही लाई पनी कानुनी कार्वाही गरिनु पर्छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु