पासवनको सेटिङमा राजस्व अनुसन्धान कार्यालयमा व्यापक अनियमितता

twitter sharing button
messenger sharing button
whatsapp sharing button
email sharing button
sharethis sharing button

काठमाडौं।राजस्व अनुसन्धान पथलैयामा असुलीका कारण त्यहाँका व्यवसायी आजित बनेका छन् । अनेकौं बहानामा रकम असुली गर्ने, व्यवसायीहरूसंग महिनावारी उठाउने, भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनहरूबाट खुलेयाम रकम असुली गर्ने जस्ता कार्यहरू भैरहेका छन् । विभिन्न संचार माध्यमहरूमा असुली धन्दाको बारेमा तथ्य सहितका समाचार प्रकाशित तथा प्रसारित भैरहेका छन् । तर रजास्व अनुसन्धान कार्यालय पथलैया, राजस्व अनुसन्धन विभाग र प्रधानमन्त्री कार्यालय कसैले पनि छानबिन र अनुसन्धान नगरेको कारण असुली झनै व्यापक भएको छ।

बिज्ञापन

पथलैया कार्यालयका एक कर्मचारीको मिलेमतोमा राजस्व छली र चुहावट हुने गरेको देखिन्छ । राजस्व अनुसन्धान विभाग पथलैया कार्यालयका कर्मचारीको बदमासीका कारण भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडीलाई सेटिङमा निर्वाध तरिकाले गन्तव्यसम्म जानलाई सहजीकरण गर्ने कार्यमा अधिकृत तीर्थराज पासवानको सेटिङ छ । स्रोतका अनुसार, राजस्व अनुसन्धान कार्यालय पथलैयामा विभिन्न ट्रान्सपोर्ट कम्पनी, क्यारिङ गर्ने व्यवसायी तथा भन्सार छलेर लुकीचोरी मालसामान ल्याउनेहरुसम्मबाट सेटिङमा प्रत्येक मालबाहक गाडीबाट पैसा लिएर छाड्ने गरेका छ्न । कर्मचारीसँगको सेटिङमा राजस्व र भन्सार तिर्नुपर्ने मालबाहक गाडीले गाडीमा भएको सामानको हुबहु राजस्व नतिरी ल्याइन्छ, जसका कारण राजस्व संकलनमा समेत कमी आएको छ । अधिकृत पासवन यसअघि विभिन्न भन्सार कार्यालयमा पनि बसेका थिए । त्यहाँ पनि उनले व्यापक अनियमितता गरेको कर्मचारीहरु बताउँछन् । भन्सारबाट उनी पथलैया कार्यालयमा सरुवा भएका थिए ।

बिज्ञापन

सापवनको बदमासीका कारण भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडीलाई सेटिङमा निर्वाध तरिकाले गन्तव्यसम्म जानलाई सहजीकरण गर्ने कार्यमा कर्मचारीकै सेटिङ रहेको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयामा विभिन्न ट्रान्सपोर्ट कम्पनी, क्यारिङ गर्ने व्यवसायी तथा भन्सार छलेर लुकीचोरी मालसामान ल्याउनेहरुसम्मबाट सेटिङमा प्रत्येक मालबाहक गाडीबाट पैसा लिएर छाड्ने गरेकोले राजस्व छली र अनियमितता बढेको बताइन्छ । त्यस्तै, हरेक मालबाहक सवारीसाधनसँग रकम उठाउने र त्यसबापत ती मालबाहक गाडीलाई बिनाचेक–जाँच र राजस्व नतिराई गन्तव्यसम्म जान दिने गरेका छन् ।

 

बिज्ञापन

उनले अन्य कर्मचारीको समेत डर नमानी आफूखुसी मालबाहक गाडीलाई प्रवेश र लाइन दिने गरेका छन् ।पथलैयामा चेकजाँचमा कडाइ नगर्दा त्यही नाका हुँदै काठमाडौं आएका कतिपय मालबाहक सवारीसाधनलाई उपत्यका प्रवेश गर्ने नाकाहरुबाट पक्राउ गरिन्छ । उनीहरुले राजस्व नै नतिरी आएको, प्रज्ञापनपत्र र गाडीमा भएको सामान नमिल्ने गरेको भेटिनुले पथलैयामा अनियमितता भएको पुष्टि हुन्छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु