पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना, दिउँसोबाट मौसममा क्रमिक सुधार

 

बिज्ञापन

महाशाखाको अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

बिज्ञापन

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

सोमबार राति कर्णाली, सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिज्ञापन

यो वर्षको प्रि–मनसुन सुरुआत भएसँगै शनिबारदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा भएको छ । पहाडी तथा उच्च पहाडी र हिमाली भू–भागमा बाक्लो हिमपात पनि भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै जुम्लामा १४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाँकेमा पनि १४ दशमलव २ मिलिमिटर वर्षा भएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु