नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने

तर, एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाएपछि घरेलु मैदानमा खेल नहुने भएको हो । एएफसीका प्रतिनिधिले केही समयअघि काठमाडौं आएर दशरथ रंगशालाको निरीक्षण गरेका थिए ।

बिज्ञापन

निरिक्षणको क्रममा मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखिएको थियो । यसअघि पनि मैदानकै अवस्थाका कारण ८ चैतमा बहराइनविरुद्ध घरेलु मैदानमा हुनुपर्ने खेल पनि नेपालले बहराइनमै गएर उसैको मैदानमा खेलेको थियो ।

बिज्ञापन

रंगशाला एएफसीको मापदण्ड अनुसार नपाइएपछि एएफसीले एन्फालाई न्युट्रल भेन्यू खोज्न भनेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु