काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बिज्ञापन
कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ ।
बिज्ञापन
सो ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा हस्ताक्षर गरेको पाइएको छ । सो कार्य कानुनद्वार वर्जित भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ ।
सिटौलाले हिदुङ एन्ड थोकर कम्पनीबाट रु ४५ लाख १७ हजार पाँच सय पारिश्रमिक लिएको तथा मुनाफाबाट रु एक करोड १६ लाख दुई हजार पाँच सय चार बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।
बिज्ञापन
आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफथ गर्ने माग दाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।