नापी कार्यालयका सर्वेक्षक रु एक लाख घुससहित पक्राउ

काठमाडौं- नापी कार्यालयका सर्वेक्षक रु एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो।

बिज्ञापन

आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना  पाएपछि आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो।             नेपाल समय बाट

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु