देशभरका २६ हजार सामुदायिक विद्यालयमध्येबाट दाङको शान्तिनगर गाँउपालिका तेस्रो स्थानमा

अशोज २,  दाङको शान्तिनगर गाँउपालिका स्थित जनकल्याण माध्यमिक विद्यालय देशभरका सामुदायिक विद्यालयमध्येबाट २०८० सालको माध्यमिक शिक्षा उत्तीर्ण परिक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले तृतीय स्थान प्राप्त गर्ने श्री जनकल्याण माध्यमिक विद्यालय, शान्तिनगर-२, सिमसुन्दरपुर, दाङलाई नगद सहित पुरस्कृत गरेको छ ।

बिज्ञापन

जनकल्याण मा.वि. लाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजना गरियको कार्यक्रममा नगद एकलाख सहित पुरस्कृत गरिएको हो । प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री विद्या भट्टराईले गाँउपालकाका अध्यक्ष प्रमोद बस्नेतलाई राष्ट्रिय सिल्ड, ध्वजा र नगद सहित पुरस्कृत गर्नुभएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु