काठमाडौं । देउराली बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपाने र अन्य कर्मचारी पक्राउ परेको खुलेको छ ।
बिज्ञापन
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा हुँदा धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
बिज्ञापन
सेन्चुरी कमर्सियल बैंकमा हुँदा मिलेमतोमा ८० करोड रुपैयाँको धितोमा दुई अर्ब ऋण प्रवाह गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । मनोज तत्कालीन सेन्चुरी बैंकको सीईओ हुन् । उनीसहित १० जना मंगलबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मनोजसहित तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ छन् । प्रभु बैंकले सेन्चुरीलाई प्राप्त गरेपछि यी सबै प्रभु बैंकमा आएका थिए ।
बिज्ञापन
मनोज, दिपेश र राजेश प्रभु बैंकमा उच्च तहमा कार्यरत छन् । तुलसीराम सेन्चुरी बैंकका पूर्व सीईओ हुन् । गत वर्षको पुसमा मर्जर हुँदा सेन्चुरीको सीईओ मनोज थिए ।
देउराली सहकारीका अध्यक्ष रविन्द्र अहिले पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि बचतकर्ताको तीन अर्बभन्दा बढी हिनामिनागरेको आरोप छ । रविन्द्र गत असोजमा पक्राउ परेका थिए ।