दुर्घटना भएको हेलिकप्टरमा सवार पाँच जनाको शव फेला (नामावालीसहित)

दुर्घटनामा परेको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने चार जना सवार थिए । हेलिकप्टरमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका खुलेको छ । हालसम्म चार जनाको शव भेटिएको छ ।

बिज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाव झाले हेलिकप्टरमा चार जना यात्रु सवार भएको स्पष्ट पारे । ‘दुर्घटना भएको हेलिकप्टर खोज्न दुई वटा हेलिकप्टर खोज्न गएका छन्,’ उनले भने, ‘हेलिकप्टरमा चार जना यात्रु सवार थिए ।’ दुर्घटना भएको हेलिकप्टरमा सवार सबै पाँच जनाको शव फेला परेको छ ।

बिज्ञापन

हेलिकप्टर दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । शिवपुरी ७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु