दुर्गम जिल्लाका विपन्न विरामीहरुको निशुल्क उपचार गर्दै डा.शर्मा

 

बिज्ञापन

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले दुर्गम जिल्लाका विपन्न नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । देसका नौ दुर्गम जिल्लाका विरामीको उपचारका लागि शर्माले निशुल्क उपचारको व्यवस्था मिलाएका हुन् ।
जिल्ला अस्पतालमा वा स्वास्थ्य संस्थामा जाँच गराई रोग पहिचान भई अपरेशन गर्न पर्ने वा भर्ना भई रोगको उपचार गर्नु पर्ने विरामीहरुलाई सम्बन्धीत व्याक्तिसंग सम्पर्क गर्न आग्रह गरीएको छ ।
उपचार गर्नुपर्ने बिरामीलाई सम्बन्धीत व्याक्तिसंग सम्पर्क गर्न निम्नअनुसार मितिमा केएमसी अस्पतालमा गएर सम्पर्क गर्न समेत अनुरोध गरीएको छ ।

बिज्ञापन

१) गुल्मी जिल्लाका बासिन्दाले माननीय डा. चन्द्र भण्डारी तथा पार्टी सभापति खिल धोज पन्थी संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ १२ गते केएमसी जानुु पर्ने ।
२) बझाङ जिल्लाका बासिन्दाले पुर्ब माननीय चन्दा जोशी तथा पार्टी सभापति खड्क बहादुर बोहोरा संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ १८ गते केएमसी जानु पर्ने ।
३) बाजुरा जिल्लाका बासिन्दाले पार्टी ने. का. नेता जनक गिरी, सभापति राम सिंह रावल, दिनेश शाही र त्रिबेणि नगरपालिका अध्यक्ष कर्ण बहादुर थापा र बडिमालिका नगरपालिका प्रत्यासी उप– प्रमुख राधिका सिंह संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ २४ गते केएमसी जानु पर्ने ।
४) ओखलढुङ्गा जिल्लाका बासिन्दाले पार्टी सभापति तथा माननीय तेजेन्द्र खनाल संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ ३२ गते केएमसी जानु पर्ने ।
५) दैलेख जिल्लाका बासिन्दाले माननीय दिक्पाल कुमार शाही तथा पार्टी सभापति मणिराम रेग्मी संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज २ गते केएमसी जानुु पर्ने ।
६) डोटी जिल्लाका बासिन्दाले पार्टी सभापति नरेन्द्र बहादुर सिंह तथा दिपायल शिल गढी नगरपालिकाका प्रमुख बिजय खड्का संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज ४ गते केएमसी जानुु पर्ने ।
७) बैतडी जिल्लाका बासिन्दाले पार्टी सभापति चतुर बहादुर चन्द तथा क्षेत्रिय सभापति शिवराज भट्ट संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज ५ गते केएमसी जानुपर्ने ।
८) रामेछाप जिल्लाका बासिन्दाले पार्टी सभापति तथा माननिय पुर्ण बहादुर (कान्छाराम तामाङ) संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज ७ गते केएमसी जानुपर्ने ।
९) खोटाङ जिल्लाका बासिन्दाले सुवास पोखरेल, पार्टी सभापति बिष्णु कुमार राई, उपसभापति इभन राई संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज १० गते केएमसी जानु पर्ने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु