दीपेन्द्रसिंह ऐरीलाई यूएईको आईएल टी–२० लिग खेल्न गल्फ जायन्ट्सले गर्यो रिटेन

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी २० लिग खेल्ने भएका छन् ।

यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई क्लब गल्फ जायन्ट्सले टिममा पुनः राखेको हो ।गल्फ जायन्ट्सले नेपालका अलराउन्डर ऐरीसहितको सूची सार्वजनिक गरेको छ । ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्ट्सबाट ६ टिम सम्मिलित आईएल लिग खेलेका थिए ।

बिज्ञापन

ऐरीले यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी १० र क्यानडाको ग्लोबल टी २० लिग खेलिसकेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु