दिल्लीमा आरजुलाई प्रधानमन्त्रीहाराहारीकै सम्मान

स्वास्थ्य परीक्षणका लागि तय भएको भ्रमणलाई निमन्त्रणामा बदलेर औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी छिन् । उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्व दिल्लीले दिएको छ । सरकारले यसको आकलनसमेत गरेको थिएन, प्रधानमन्त्री केपी ओलीले त अन्तिम समयमा भ्रमण दलका तीन सदस्यको नाम नै काटेका थिए ।

बिज्ञापन

दुई ठूला दल कांग्रेस र एमाले गठबन्धनको सरकार बनेपछि पहिलोपटक भारतीय नेतृत्वसँग उच्चस्तरमा वार्ता भएको छ । तर, जुन स्तरको महत्व भारतले परराष्ट्रमन्त्री राणालाई प्रदान गर्‍यो, नेपालको तयारी र उपस्थिति भने कमजोर देखियो ।

बिज्ञापन

परराष्ट्रमन्त्री राणाले समकक्षी डा. एस जयशंकरसँग द्धिपक्षीय वार्ता र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरिन् । मोदीले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारदेखि विदेशमन्त्री र नेपालका लागि राजदूतसमेत राखेको भेटवार्तामा परराष्ट्रमन्त्री राणासँग दुई सहसचिव र एक उपसचिवस्तरका अधिकारी मात्रै सहभागी भए । कूटनीतिक मामलाका जानकारहरू यसो हुनुले नेपालको आकलन र उपस्थिति कमजोर देखिएको बताउँछन् । भ्रमणमा परिस्थितिको आकलन गरेर निर्णय लिनुपर्नेमा सरकार चुकेको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

बंगलादेशमा देखिएको राजनीतिक तनावपछि छिमेक नीतिलाई लिएर भारतमा प्रधानमन्त्री मोदीको आलोचना भएको छ । यही वेला परराष्ट्रमन्त्री राणालाई दिल्लीमा उच्च सम्मानको अवसर मिलेको हो । नेपाल सरकारले सुरुदेखि नै कमजोर आकलन गरेको भ्रमण अनपेक्षित रूपमा उच्चस्तरीय त भयो नै, तर कमजोर तयारी र उपस्थितिले एजेन्डा उठानमा प्रभाव पर्‍यो । तर, द्विपक्षीय संयन्त्रमार्फत संवाद गर्न भने दुवै पक्ष सहमत भएका छन् ।

बिज्ञापन

परराष्ट्रमन्त्री राणा आफैँले पनि नेपालमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, पूर्वपरराष्ट्रसचिवसँग भेटेर सुझाव लिने चलन दोहोर्‍याइनन् । भारतीय विदेशसचिवले निमन्त्रणा दिएको एक सातामै उनी दिल्ली भ्रमणमा गएकी हुन् । नेपालबाट भारत गएका परराष्ट्रमन्त्रीमध्ये यो स्तरको महत्व पाउनेमा कमल थापापछि उनी दोस्रो हुन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु