तुलसीपुरमा श्रीमानले श्रीमतीको टाउकोमा रड प्रहार गरी हत्या

तुलसीपुर (दाङ), ७ माघ । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका छन् ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो । पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका छन् ।

बिज्ञापन

स्थानीय मीना थापा र शिला चौधरी रड प्रहार घाइते भएका छन् । मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिनुभयो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु