डा. सुनिल शर्मा निशुल्क स्वास्थ्य शिविर लिएर सुदुर तथा कर्णालीका विभिन्न जिल्लामा जाँदै

नेपाली कांग्रेसका सांसद समेत रहेका डा. सुनिल शर्माले देशका विभिन्न स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्।

बिज्ञापन

देशका ग्रामीण क्षेत्रहरुमा बिशेषज्ञ चिकित्सक मार्फत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने अभियान अन्तर्गत शर्मा विभिन्न स्थानमा पुग्ने भएका हुन्।
शिविरमा २५ जना विशेषज्ञ चिकित्सकहरुको टोलीबाट स्वास्थ्य जाँच हुने छ।

बिज्ञापन

शिविरमा मुटु रोग, मिर्गौला, पाठेघर सहित स्त्रीरोग, नाक, कान, घाँटी लगायतको अपरेशन गर्नु परे पनि असहाय विरामीहरुलाई काठमाडौं लगेर निःशुल्क उपचार गराइने भएको छ।

कहाँ कहिले हुन्छ शिविर ?

बिज्ञापन

निःशुल्क स्वास्थ्य शिवि र वैशाख १३ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।

आगामी वैशाख १३ गते डोटीको दिपायल बजारमा हुनेछ। वैशाख १५ गते बाजुराको पिलुचौर, वैशाख १७ गते हुम्लाको सर्केघाट, वैशाख १९ गते मुगुको गमगढी र वैशाख २१ गते कालीकोटको नाग्मामा शिविर सञ्चालन हुने भएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु