जीवनमा कसरी बन्ने सफल व्यक्ति ? पढ्नुहोस् यस्ता छन्  19 उपाय: Acharya Rajn Sharm

बिज्ञापन

सबैको इच्छा भिन्न-भिन्न हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैन ।

तर सबैको एउटै चाहना हुन्छ, आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् ।

बिज्ञापन

कुनै पनि काममा कसरी सफल हुने त ? यो आलेख/भिडियो   केही हदसम्म प्रेरणादायी बन्न सक्छ ।

  1. – आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन सुखी र सहज हुन्छ ।
  2. – गरेको काम आफूलाई मन परेको छैन भने पनि त्यो काम गर्नुपर्नाको कारणलाई सम्मान गर्नुस् । यसले उपलब्ध गराउने आर्थिक सहयोगले तपाईंको परिवार धानिरहेको हुन्छ । कम्तीमा परिवारको सुखका लागि भए पनि त्यसमा सन्तोष मान्नुस् । कामविहीन भएर बसिरहनुले मानसिक समस्या निम्त्याउन सक्छ ।
  3. – सानो कामबाट करियर सुरु गर्नुपर्दा नहिचकिचाउनुस् । त्यसलाई ठूलो आफ्नै परिश्रमले ठूलो बनाउने प्रयास गर्नुहोस् ।
  4. – कामको शुरुआत सजिलोबाट गर्नुहोस् । यसो गर्दा विस्तारै गाह्रो काम सिक्ने समय मिल्छ ।
  5. – एउटै कामलाई कहिलेसम्म निरन्तरता दिने र कहिले छोड्ने भन्ने निर्णय गर्नु सबैभन्दा गाह्रो पक्ष हो । यसबारे कसैले तपाईंलाई सिकाउन सक्दैन । त्यसैले, उपयुक्त समय छनोटको जिम्मेवारी तपाईंको आफ्नै हो ।
  6. – कोही एक्लै सफल हुँदैनन् । सहयोग माग्न अप्ठ्यारो नमान्नुहोस् । सहयोग मिल्दा कृतज्ञ हुनुहोस् ।
  7. – सङ्गत सधैं राम्रो मानिसको गर्नुहोस् । राम्रो सङ्गतले काममा पनि राम्रै नतीजा दिन्छ ।
  8. – सबैको क्षमताको सम्मान गर्नुहोस् । यसो गर्दा एकको कमजोरीलाई अर्कोको सबल पक्षमार्फत मिलाउन सकिन्छ ।
  9. – हरेक व्यक्तिको सोचाइ फरक हुन्छ । सृजनशील सोचाइलाई कम्पनीको समग्र फाइदाका लागि प्रयोग गर्न सक्नुपर्छ ।
  10. – कसैलाई पनि इच्छाविपरीतको काम गर्न दबाब दिनु हुँदैन । आफूलाई पनि दबाबमुक्त राख्नुहोस् ।
  11. – तपाईं जति माथि पुगे पनि वा जति सफल भए पनि तपाईंभन्दा माथि सधैं कोही पुगेकै हुनेछ ।
  12. – सफलता सबैको एकनास हुँदैन । कोही तपाईंभन्दा बढी सफल होलान्, कोही कम । सबैलाई सम्मानको दृष्टिले हेर्नुहोस् ।
  13. – सकेसम्म आफूले जानेको, मनले खाने काममा मान्छे आनन्दित हुन्छ ।
  14. – कमजोरीबाट हताश हुने होइन, त्यसमा सुधार ल्याउनुपर्छ ।
  15. – नयाँ कामको थालनी गर्दा स्वाभाविक रूपमा गल्ती हुन्छ । यो यथार्थबाट नटाढिनुहोस् ।
  16. – यथेष्ट स्रोतसाधन (समय, पैसा, जनशक्ति) सधैं जुटिरहन्छ भन्ने छैन । आफूसँग उपलब्ध स्रोतसाधनकै बलमा उत्कृष्ट कार्यसम्पादनको प्रयास गर्नुहोस् ।
  17. – काममा जोखीम हुन्छ नै । तर, राम्ररी सम्झीबुझी जोखीम उठाउनु बुद्धिमानी हुन्छ ।
  18. – कुनै पनि कम्पनी, करीअर वा परियोजनाको थालनी गर्दा शुरुआती अवस्थामा धेरै परिस्थितिलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । नत्र तपाईं आत्तिएर बीचैमा हताश हुने सम्भावना बढ्छ ।
  19. – काममा नकारात्मक प्रतिक्रिया पनि सुन्नुपर्ने हुन्छ । यो आवश्यक पनि छ । ती प्रतिक्रियाभित्र लुकेका सत्य कुरालाई आत्मसात् गर्दै सुधारको प्रयास गर्नुपर्छ । भित्रभित्रै मन खियाएर बस्नु मूर्खता हो ।
  20. – आफूले कुनै कामप्रति कमेण्ट गर्दा व्यक्तिमाथि आक्षेप हुने गरी प्रस्तुत नहुनुुहोस् ।
  21. – ठूलो कुरा सोच्नुहोस्, ठूलै सपना देख्नुहोस्, तर जीवन सधैं साधारण रोज्नुहोस् ।
  22. – आफ्ना सपनालाई लक्ष्यका रूपमा अघि बढाउनुहोस् ।
  23. – नयाँ काममा अघि बढ्दा ‘हुन्छ’ भन्नेभन्दा ‘हुँदैन’ भन्ने बढी भेटिन्छन् । तर, हरेस कहिल्यै नखानुस्, किनभने निर्णय गर्ने अधिकार तपाईंसँग सुरक्षितै छ ।
  24. – कुनै कुरा सृजना गर्न लाग्ने समयभन्दा त्यसको निर्माणपछिको नतीजाको मूल्यमा ध्यान राख्नुहोस् ।
  25. – सफलताका लागि आफ्ना योजनाबारे भरपर्दा व्यक्तिसँग छलफल गर्नुपर्छ । यसले सहयोगी प्रतिक्रिया प्राप्त गर्न सघाउ मिल्छ ।
  26. – आफ्नो सम्पर्कसञ्जाल वृद्धि गर्नुहोस् । नयाँ मानिस भेट्ने प्रयास गर्नुस् । साथै, पुराना मानिससँगको सम्पर्क पनि नटुटाउनुहोस् ।
  27. – तपाईंको सृजनशीलता केवल उत्पादनमा मात्र केन्द्रित हुनुहुन्न । उत्पादनले ग्राहकको जीवनमा पार्ने सकारात्मक/नकारात्मक असरबारे पनि ध्यान दिनुपर्छ ।
  28. – जीवनमा जतिसुकै सफलता पाए पनि कुनै पनि बेला असफलतासँग तपाईंको सामना हुन सक्छ । यसका लागि आफूलाई मानसिक रूपमा तयार गर्नुपर्दछ ।
  29. – काम गर्दै जाँदा अप्ठ्यारो स्वभावका मानिस पनि भेट हुन्छन् । तिनलाई पनि सम्मान गर्नुहोस्, इमानदार व्यवहार गर्नुहोस्  

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु