जाजरकोटमा तीन कार्यलयबाट दिन पर्ने सेवा एउटै कार्यलयबाट दिदाँ सेवाग्राही अलमलमा

बिज्ञापन

सुर्खेत। जाजरकोटमा तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गरेका छन् । कात्तिक १७ गते राति गएको भूकम्पका कारण भाडामा बस्दै आएको घर भत्किएपछि नापी कार्यालय र मालपोत कार्यालयले भेरी नगरपालिका–४, बोहरागाउँस्थित शिक्षा विकास तथा समन्वय एकाइको भवनबाट सेवा दिइरहेका छन् ।

बिज्ञापन

 

जुनीचाँदे गाउँपालिका–२ का भीमप्रसाद न्यौपानेले एउटै भवनबाट तीन वटा कार्यालयले सेवा प्रवाह गरेपछि सेवाग्राहीलाई समस्या हुने बताउँछन्। उनका अनुसार गर्मी समय सुरु हुन थालेकाले बाहिर बस्न सक्ने अवस्था छैन । फराकिलो ठाउँ नभएपछि झ्यालबाट फाँटवाला कर्मचारीलाई सोध्नु पर्छ ।

बिज्ञापन

शिक्षा विकास तथा समन्य एकाइ जाजरकोटका प्रमुख रमेश मल्लका अनुसार तीन वटा कार्यालयले एउटै भवनबाट सेवा दिने भएकाले कुन कार्यालयमा सेवा लिन सेवाग्राही आएका हुन् भन्ने थाहा नपाउने र सेवाग्राहीसमेत अलमलमा पर्ने बताउँछन्।

मालपोत कार्यालयका प्रमुख डिल्ली केसीका अनुसार भूकम्पअघि छ वटा कोठाबाट सेवा प्रवाह गरेको कार्यालयले भूकम्पपछि दुई वटा कोठाबाट सेवा दिँदै आएको छ । स्रेस्ता, मोठलगायत जनताका महत्वपूर्ण कागजात एउटा कोठामा थन्क्याइएको छ । अहिले दुई वटा कोठाबाट सेवा प्रवाह गरिँदै आएको छ ।

सरकारी कार्यालयका लागि पर्याप्त कोठा नभएपछि कठिन अवस्थामा जनताले मालपोत कार्यालयबाट पाउने सेवा पाएका छन् । सेवाग्राहीले सेवा लिन आएपछि खुला स्थानमा बस्नु परेको छ । भूकम्पअघि भाडाको घरबाट पाँच वटा कोठाबाट सेवा प्रवाह गरेको नापी कार्यालय भूकम्पपछि शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका दुई वटा कोठाबाट सेवा प्रवाह गर्दै आएको छ । तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गर्दा कार्यालयलाई मात्र नभई सेवाग्राहीलाई समेत असहज भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मल्लले बताएका छन्।  शाभार नेपाली रैबार

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु