ग्यास बोकेको ट्रकमा आगलागी हुँदा कर्णाली पुलमा आगो सल्कियो

धनगढी । कर्णाली पुलमा आगलागी भएको छ। ट्रकमा लागेको आगो पुलमा पनि सल्किएर पुलका लठ्ठामा समेत आगो सल्केको छ। सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो।

बिज्ञापन

एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ।

बिज्ञापन

आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खुलेको छैन। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन्।

स्रोत : एभरेस्ट हेडलाइन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु