खुल्ला आकाशकी एक चरी सकम्बरी को हुन् ?

आज हामी कुसुम, फूलमाया अर्थात् सकम्बरीका बारेमा चर्चा गर्नेछौं । कुसुम शर्मा अर्थात चर्चित पात्र सकम्बरी जसको छोटो कपाल । आफ्नै दुनियाँमा रमाउने युवती हुन् ।

बिज्ञापन

आफूलाई लागेको कुरा फ्याट्टै बोल्छिन् । फरासिली कुसुम सकम्बरी झै उन्मक्त हाँस्छिन् । प्रकाश सपुतको पछिल्लो म्युजिक भिडियो फूलमायामा सकम्बरी पात्रको रुपमा फिचर्ड भएपछि कुसुमको दिनचर्या नै फेरिएको छ । अहिले उनलाई जताततैबाट बधाईको ओइरो लागिरहेको छ ।

बिज्ञापन

अन्तर्वार्ता दिन भ्याइनभ्याई छ । युबट्युब हेर्छिन् आफैले खेलेको भिडियो ट्रेण्डिङको शीर्ष स्थानमा बसिरहेको हुन्छ । टिकटक स्क्रोल गर्दा उनकै अकाउण्ट आउँछ । उनकै गीतमा लगातार भिडियो बनाउनेहरुको बाढी नै छ । उनलाई निन्द्रा नै लागेको छैन ।

कुसुम शर्मा मात्र २० बर्षकी भइन् । उनी नर्सिङ सकेर विदेश जाने सोचका साथ अंग्रेजी भाषा (आईईएलटीएस्) गर्न गत बर्षको असारमा काठमाडौं उक्लिएकी हुन् ।

बिज्ञापन

नवलपुरमा जन्मिएर हुर्किएरकी कुसुमको परिवार अहिले चितवन सरेको छ । आमा बुबा र परिवार उतै चितवनमा बस्छन् । उनी पढ्न काठमाडौंमा बस्छिन् । कुसुमलाई सानै देखि अभिनयको रहर थियो । थोरै अगाडि बढौँ, उनि अब नेपाली चलचित्रमा समेत देखिने भयकीछिन् । मिलन चाम्सको निर्देशनमा तयार भइरहेको फिल्म ‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकन वैशाखको ३ गतेबाट सुरु हुने भएको छ ।

यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्मको पहिलो चरणको छायांकन रोमानियामा गरिएको थियो ।

यसैबिच, यो फिल्ममा अब मोडल कुसुम शर्माको प्रवेश भएको छ । कुसुमलाई महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित गरिएको निर्देशक चाम्सले  बताएकाछन् । म्युजिक भिडियोमा सफल भएपछि फिल्ममा पाइला राख्न उत्साहित रहेकी कुसुमका लागि यो फिल्म महत्वपूर्ण हुने देखिन्छ । उसो त कुसुमले फिल्म ‘सञ्जिवनी’मा मुख्य नायिकाको रुपमा काम गर्ने पक्का भएको थियो । तर, फिल्मको छायांकन सुरु हुन नसकेपछि उनी निराश बनेकी थिइन् । तर, अब ‘वर एण्ड बधु’मा महत्वपूर्ण भूमिकामा अनुबन्धित भएपछि उनी उत्साहित देखिएकी छिन् ।  सानै उमेरको उनको सफलताले जो कोहि चकित पर्ने गर्दछन् ।

‘सकम्बरी’ को रुपमा भिडियोमा प्रस्तुत हुनुअघि आफ्नै परिवार तथा समुदायमा मात्र परिचित कुसुमलाई त्यसपछि भने लाखौं प्रशंसकले पछ्याउन थाले । अझ अहिले त धेरैले आफ्नो गीत हिट बनाउनकै लागि पनि कुसुमलाई भिडियोमा लिन थालेको चर्चा चलेको छ । उनी अहिले पनि कुसुमभन्दा सकम्बरीको नामले परिचित छिन् ।

सानो पर्दा अर्थात म्युजिक भिडियोहरुमा भ्याइ–नभ्याई भैरहेको बेला अब भने उनलाई ठूलो पर्दा अर्थात फिल्ममा पनि अभिनय गराइने भएको छ ।

आफ्नो पहिलो म्यूजिक भिडियोबाट एकाएक चर्चित बनेकी कुसुमले अब फिल्ममा आफ्नो अभिनय क्षेमताले कति सफलता प्राप्त गर्छिन् भन्ने कुरा त यो फिल्म रिलिज भएपछि नै थाहा हुन्छ । तर पहिलो म्यूजिक भिडियो झैँ यदि पहिलो फिल्मबाट पनि उत्तिकै सफलता प्राप्त भयो भने कुसुमलाई सफलताको शिखर चुम्न केहि कुराले रोक्न सक्दैन । जसरी कुसुमको करियरमा सकम्बरी टर्निङ प्वाइन्ट बनेको थियो, त्यसैगरि निर्देशक मिलन चाम्सको निर्देशनमा बनिरहेको ‘वर एण्ड बधु’ पनि कुसुमका लागि अर्को टर्निङ प्वाइन्ट बन्ने छ भन्ने कुरामा आशावादी हुन सकिन्छ ।

नोट : खुल्ला आकाशकी एक चरी यसमा कुसुम शर्मालाई भनिएको छ । नेपाली समाजमा छोरी मान्छेले गर्ने मेहेनत समाज बाट बाँधिएकोले उनको मेहेनत लाई हेरेर खुल्ला आकाशकी एक चरी भनिएको हो

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु