कुरिलो खेती कसरी गर्ने ?

परिचयः
कुरिलो कलिलो टुसा (Spear) को लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । नेपालमा समुद्री सतह देखि २२०० मि.सम्म कुरिलोपाइन्छ । कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल शहरी क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि बढ्दै गएको छ । नेपालमा यो बालीको खेती व्यावसायिक रूपमा भर्खरै शुरु भएको र विशेष गरी शहरी क्षेत्रमा यसको माग बढ्दै गएको देखिन्छ ।

बिज्ञापन

हावपानीः
कुरिलो न्यानो र समशीतोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ । काठमाडौं जस्तोसमशीतोष्ण हावापानी भएकोनेपालाको मध्य पहाडी भागमा यसको खेती राम्ररी गर्न सकिन्छ । यसको खेती १५— १८ डि.से. औसत तापक्रम भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ । बिरुवाको वृद्धि विकासका लागि ३—५ महिनासम्म सुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ । सुषुप्त अवस्थामा रहन माटोको तापक्रम १० डि.से. भन्दा कम हुनुपर्दछ । कुरिलोको क्राउनलाई जाडो तथा चिसोबाट केही असर गर्दैन । जाडो महिनापछि पनि तुषारो अथवा जाडोरहिरहने ठाउँ छनोट गर्नु हुँदैन ।

बिज्ञापन

माटोः
कुरिलो एउटा बहुवर्षे बाली भएकोले प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएकोमलिलो गहिरो, खुकुलो माटो राम्रो हुन्छ । झारपात कम उम्रने जमिन हुनुआवश्यक छ । माटोको पी.एच. ६ देखि ७.५ सम्म राम्रो मानिन्छ । पानीकोनिकास नभएको अथवा दिनभरि प्रकाश नपर्ने ठाउँलाई कुरिलो लगाउनका लागि राम्रो मानिदैन । कुरिलो खेतीका लागि बाह्रै महिना पानीको सुविधा भएको बलौटे दोमट माटो, पारिलो घाम लाग्ने जमिन हुनु आवश्यक छ । बहुवर्षीय झारको प्रकोप बढी भएको ठाउँलाई पनि छनोट गर्नु हुँदैन ।

जातहरूः
शुरुमा मेरी वासिङ्टने जात निकै प्रचलित थियो । यसको स्वाद मीठोभए पनि टुसा सानो हुने तथा टुसा पलाउने समयको अन्तराल अलि बढी हुनेभएकोले यो जातको प्रचलन घट्दै गएको पाइन्छ । अमेरिकन जर्सी किङ जातको कुरिलो हाल नेपालमा प्रचलनमा पाइएको छ । यसको स्वाद प्रभावकारी हुनुका साथै १०० ग्रामसम्मको ठूलो टुसा उत्पादन हुन्छ । टुसा दिने समयको अन्तराल पनि छोटो–छोटो हुन्छ ।

बिज्ञापन

हेरचाह :
कुरिलोको सबैभन्दा ठूलो समस्या भनेको झारपात हो । त्यसैले पटक– पटकको खनजोत र गोडमेलले झारपात नियन्त्रण गर्न सकिन्छ । २÷३ इन्चभन्दा बढी गहिरो खन्नाले जरालाई नोक्सानी पु¥याउन सक्छ । ३÷४ सेमि गहिरो मल्च राख्नाले पनि
झारपात नियन्त्रण गर्न राम्रो सहयोग पुग्दछ । बाली लिईसकेपछि बिरुवाले सुख्खापन महसुस गर्ने भएकोले सिंचाइ गर्नुपर्दछ । जाडोसकिएपछि सुकेका बोटहरूको जमिनमाथिको भाग हटाईदिनुपर्दछ । नोक्सान नपुग्ने गरी हल्का गोडाइ गरी गोबर
मलका साथै युरिया र चून (२ के.जी. प्रति रोपनीका दरले माटोमा मिलाएर हल्का ड्याङ बनाउने गर्नुपर्दछ ।

गोडमेलः
कात्तिक–मंसिर (ल्यख‐म्भअझदभच) मा पातहरू पहेंलिएपछि सतहबाट ५ से. मि. माथि काटिदिनुपर्दछ । फागुन चैतमामा टुसा पलाउनुभुन्दा पहिले बोटलाई हारको दुवैतिरबाट कुलेसोबन्ने गरी माटो झिकेर पुर्नुपर्छ ।

मलखाद व्यवस्थापनः
१ देखि १.५ स्क्वायर फिटको परिधि र गहिराइमा करिब ३ के.जी. कम्पोस्ट मल हालेर कुरिलोको बिरुवा लगाउन सकिन्छ । जमिन तयारी गर्दा शुरुमा तीन÷चार पटक जोतेर डल्ला फोरेर झारपात नभएको जग्गामा प्रति रोपनी कम्तीमा ८०—
१०० भारी कम्पोस्ट मल राखेर बिरुवा लगाउनु पर्दछ । तर शुरुमा हालिएको मलले मात्र कुरिलोलाई पुग्दैन । प्रत्येक हिउँदको अन्तिममा वा लाग्दो फागुनतिर कम्पोस्ट मल, कखुराको मल, गाईभैँसीको धूलो मल करिब २—३ के.जी. प्रतिबोट हाल्नुपर्दछ । सिजनमा राम्रो उत्पादन दिन नसक्ने बिरुवालाई मल थपिरहनुपर्दछ ।

सिंचाइः
सिंचाइ मुख्य गरेर माटोको बनोट, किसिम, मौसम र बालीकोअवस्थामा भर पर्दछ । चिम्ट्याइलो माटोमा कम पानी चाहिन्छ भने हलुका माटोमा पटक–पटक गरी सिंचाइ गर्नुपर्दछ । नयाँ बेर्ना, बीउ, क्राउन आदि सारेको २ वर्षसम्म सिंचाइ आवश्यकताअनुसार गर्नुपर्दछ । प्रथम सिंचाइ बाली रोपेपछि लगत्तै दिनुपर्दछ । बाली लिने बिरुवामा पनि आवश्यकताअनुसार सिंचाइ गरिरहनुपर्दछ । खास गरी फागुन, चैत, वैशाख देखि वर्षा नभएसम्म सिंचाइ गर्नु जरुरी पर्दछ ।
झारपात गोडमेलः
कुरिलो बहुवर्षीय बाली भएकोले सबैभन्दा ठूलो समस्या भनेकोझारपात हो । त्यसैले समय–समयमा झारपातहरू हटाई गोडमेल गर्नुपर्छ ।

अन्तरबालीः
खेती लगाएको ६ देखि १२ महिनासम्म तथा हिउँदमा ६ महिनासम्म टुसा (कउभबच) नआउने तथा आएको टुसा उत्पादन नलिइने हँुदा उक्त जग्गामा अन्तरबालीको रूपमा छोटो समयमा हुने साथै अग्लो नहुने तरकारी बालीहरू लगाउनुपदर्छ ।
अन्तरबालीमा मेथी, चम्सुर आदि अन्य तरकारीहरू पनि लगाउन सकिन्छ ।

बाली लिने अवस्थाः
साधारणतया कुरिलोको उत्पादन दोस्रो÷तेस्रो वर्ष देखि हुन थाल्दछ । कुरिलो एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट १० देखि १५ वर्षसम्म उत्पादन लिन सकिन्छ । बेर्ना सार्नासाथ टुसाहरू पलाउँछन्। तर शुरुमा पलाएका केही टुसाहरू टिप्नु हँुदैन । त्यसरी छाडिएका टुसाहरूबाट बोटको राम्रो झाङ फैलिन्छ र स्वस्थ रहन्छ । टुसालाई हुर्कन दिएमा खाद्य पदार्थमा वृद्धि आई क्राउनमा सञ्चित भएर अर्को वर्ष देखि बढी टुसा आउनेहुन्छ । त्यसैले बेर्ना सारेको दोस्रो वर्ष देखि मात्र वास्तविक रूपमा टुसाहरू टिप्न शुरु गर्नुपर्छ । टुसा ८—१२ से.मि. लामा भएपछि काटेर अथवात्यसैभाँचेर निकाल्न सकिन्छ ।

उत्पादनः
व्यावसायिक रूपले १ वर्षपछि उत्पादन दिन्छ । चैतको शुरुबाट असोजसम्मसामान्यतया कुरिलोको उत्पादन लिन सकिन्छ । कुरिलोको सरदर उत्पादन २००– ५०० के.जी. प्रति रोपनी पाइएको छ । चैत देखि भदौसम्म राम्रो उत्पादन लिन सकिन्छ । सामान्यतया भौगोलिक अवस्थाअनुसार पहाडी भागमा ४—६ महिनाजति र तराईमा ६—७ महिनाजति उत्पादन लिन सकिन्छ ।
(स्रोतः तरकारी खेती प्रविधि — कृषि तथा सहकारी मन्त्रालय)

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु