कामको चटारोमा काँठ क्षेत्रका किसान

किसान देशका मेरुदण्ड हुन् । तर आज कसैले पनि किसान भनेर गर्व गर्नसक्ने अवस्था छैन । कृषिमा आवद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ कृषिको लागि त्यति नै कठिन छ । कारण कृषिप्रतिको अविश्वास तथा व्यवसायी कृषि प्रणालीको अभाव हो ।

बिज्ञापन

अर्को कुरा सरकारको उदासिनता पनि । किसान लाखौं लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर वस्तुको बजार सिमित छ । निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ । सरकारलाई कुनै मतलव छैन । गर्मी शुरु भएको छ । गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यतिबेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान । तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा भेटिन्छन् ।

बिज्ञापन

हुनतः खेतीपातीको काम गर्ने किसानलाई गर्मी र जाडोको छुट छैन । समयमा गर्नु परिहाल्छ नै । असरल्ल काम छोडेर गर्मी र जाडो भन्दै बस्ने छुट किसानलाई हुँदैन । बरु लगाएको खेतीपाती समयमै भित्र्याएर नयाँ सिजनको खेती गर्नमै किसान रमाउँछन् ।

यतिबेला उनीहरुलाई नयाँ वर्षको रमझम भन्दा खेतीपाती नै प्यारो छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका कामको चटारोले ब्यस्त काँठ क्षेत्रका किसान र कृषिका यी तस्बिरहरु ।

बिज्ञापन

News By Newspolar 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु