काँग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्छ: उपसभापति गुरुङ

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

बिज्ञापन

सोमवार नेपाली काँग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरूसम्मका सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव महासमितिले पारित गर्नुपर्ने बताएका हुन्।

बिज्ञापन

उनले महासमिति बैठकले यस्तो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे। उनले क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरु व्यापारीजस्ता व्यापारीहरू नेताजस्ता देखिएका बताए। महासमिति बैठक क्रोनी क्यापिटालिजमका विरुद्धमा एक ठाउँमा उभिनुपर्ने बताए। उनले भ्रष्टाचारका कारण आर्थिक सुशासन कायम गर्न नसकिएको पनि बताए। उनले भ्रष्टाचार रहेसम्म वर्गीय असमानता कायम रहने बताए।

उपसभापति गुरुङले पार्टीको सङ्गठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा महासमिति बैठकले उपयुक्त निर्णय गर्नुपर्ने बताए। केन्द्रीय समिति बैठकले गरेका निर्णयहरूलाई महासमिति बैठकले सच्याउन पनि सक्ने उनको भनाई छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु