एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरत क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन जोड्यो ।

बिज्ञापन

नेपालका लागि सन्दीप जोराले ४० बलमा ५० रनको योगदान दिए । करण केसीले १२ बलमा १७ रन तथा गुलशन झाले १६ बलमा २० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बिज्ञापन

कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आसिफ शेखले ८, रोहित पौडेलले ५, कुशल मल्लले ३, दिपेन्द्र सिंह ऐरीले ५, सोमपाल कामीले २ रनमात्रै बनाए । अभिनाश बोहरा १ तथा ललित राजवंशी २ रनमा नटआउट रहे ।

नेपाललाई सस्तैमा समेट्न युएईका बसिल हामिद, जुनैद सिद्धीकी र अलि नसिरले २ विकेट लिँदा ओमिद रहमान, मोहम्मद फारुक र आयान अफजल खानले १–१ सफलता हात पारे ।

बिज्ञापन

News by. newspolar

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु