एसिईई मा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेडेड हुने

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसईई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ ।

बिज्ञापन

बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा प्रकाशन गरिने बताए ।

बिज्ञापन

उनका अनुसार बोर्डले आगामी चैत १५ देखि २७ गतेसम्म नियमित तथा ग्रेडवृत्ति परीक्षा सञ्चालनका लागि तालिका सार्वजनिक भइसकेको छ ।

यसवर्ष परीक्षामा सहभागी हुनेले प्रत्येक सैद्धान्तिक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने प्रावधान गरिएको उनले बताए । ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेडेड हुनेछ ।

बिज्ञापन

यसवर्ष एसईईमा नियमित र ग्रेडवृद्धि तर्फ समेत गरी ४ लाख ८९ हजार परीक्षार्थी परीक्षामा सामेल हुँदैछन् । बोर्डले कक्षा ११ र १२ मा भने यसअघि नै लेटर ग्रेडिङ प्रणाली लागू गरिसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु