इलाम–२ मा आजपाले स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले इलाम–२ मा वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनमा डेकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ । सो पार्टीका प्रवक्ता चन्द्र भूषण साहले उपनिर्वाचनमा आफ्नो पार्टीले पूर्ण साथ, सहयोग र समर्थन रहेको जानकारी गराएका हुन् ।

बिज्ञापन

पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार लिम्बुले वैशाख ८ गते आजपालाई सहयोग र समर्थनको आग्रह गर्दै आजपालाई पत्राचार गरेका थिए ।

बिज्ञापन

आजपाका अध्यक्ष प्रभु साहले अहिलेको उपनिर्वाचन परिणामले संसदीय अङ्कगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरूको बहस र संघर्षमा विशेष प्रभाव राख्ने निश्चित रहेको बताए । यसर्थ आम मतदाताले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।

‘अहिले इलाम–२ मा संघीयता नचिन्ने र संघीयता चिनेको जस्तो नाटक गरेपनि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादीबीचको लडाइँ छ । अहिलेको लुटकारी दलतन्त्र र दलभित्रका केही मुठ्ठीभर भ्रष्ट, बेइमान एवम् धोखेबाज नेताहरूको अपराधले गर्दा नै देश अहिले सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा यसबाट ठोस एवम् दीर्घकालीन निकासका लागि आम नागरिकको सर्वोच्चता स्थापित गराउन महत्त्वपूर्ण भूमिका एवम् योगदान गर्ने सक्ने कुशल, कर्तव्यनिष्ठ, इमानदार एवम् प्रतिबद्ध नेतृत्वको छनौट जरुरी छ ।

बिज्ञापन

सोही बुझाइका साथ लिम्बुलाई पार्टीले सहयोग गर्ने आजपाको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु