अशोक राई नेतृत्वको जसपा सरकारमा जाने, यी ३ बन्नेछन् मन्त्री

काठमाडौँ । जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा जाने भएको छ ।

जसपाले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ ।

बिज्ञापन

जसपा स्रोतका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादव स्वास्थ्यमन्त्री, हसिना स्वास्थ्य राज्यमन्त्री नियुक्त हुने स्रोत बताउँछ । झाको हकमा भने कुन मन्त्रालय खाली गरेर पठाउने भन्नेबारे टुंगो लागिसकेको छैन ।

बिज्ञापन

आजै मात्र जसपा नेपालबाट सरकारमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिइसकेका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु