अनन्या पाण्डे र आदित्य रोय कपुरको ब्रेकअप

हालै टाइम्स अफ इन्डियाले अनन्या पाण्डे र आदित्य रोय कपुरको ब्रेकअपको खबरलाई नजिकको साथीलाई उद्धृत गर्दै पुष्टि गरेको छ । करिब एक महिनाअघि दुवैको ब्रेकअप भएको उनका साथीले बताएका छन् ।

बिज्ञापन

‘दुबै धेरै बलियो छन्, तर उनीहरूको ब्रेकअप सबैका लागि स्तब्ध छ । दुवै सौहार्दपूर्ण छन् । अनन्या यो ब्रेकअपबाट अगाडि बढ्न खोज्दै छिन् । पक्कै उसलाई चोट लागेको छ । हाल उनी आफ्नो कुकुरसँग धेरै समय बिताइरहेकी छन् । आदित्य पनि परिपक्वताका साथ यो अवस्थालाई सामना गर्न खोजिरहेका छन् ।’ खबरमा उल्लेख छ ।

बिज्ञापन

गत महिना अनन्या पाण्डेकी कजिन अलाना पाण्डेको बेबी शावरमा आदित्य रोय कपूर पनि उपस्थित थिए । तर, केही समयपछि नै उनीहरुको ब्रेकअपको खबर आउन थाल्यो ।

अनन्या पाण्डे र आदित्य विगत २ वर्षदेखि सम्बन्धमा थिए । दुबैलाई धेरै पटक सँगै समय बिताएको देखिन्थ्यो । कफी विथ करणमा अनन्या पाण्डेले पनि आफ्नो सम्बन्धको संकेत दिएकी थिइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु