हुम्लामा युवा नेता  भुपेन्द्रजंग शाहीलाई  भब्य स्वागत  

 

बिज्ञापन

नेपाली कांग्रेस संगठन सुदृढ यात्रा सल्यानको कपुरकोट देखी हुम्ला सिमिकोटको क्रममा आज हुम्लाको सिमिकोटमा बृहत् कार्यक्रम गरेर सम्पन्न भएको छ।
सुदृढ अभियानका संयोजक एवं कर्णाली प्रदेश सभापतिला प्रत्यासी भुपेन्द्रजंग शाहीले सल्यानको कपुरकोट देखी यात्रा संचालन गरेका थिए।
शाहीले पहिलो चरणमा सल्यान,रुकुम,डोल्पा र जाजरकोट र दैलेखको सदरमुकाममा कार्यक्रम गरेर सकाएका थिए।
कर्णालीको प्रदेश राजधानी सुर्खेतमा भेटघाट तथा छलफल कार्यक्रम राखेर पत्रकार भेटघाट गरेका शाहीले दोस्रो चरणमा दैलेखको दुल्लु हुँदै कालिकोट,जुम्ला र मुगु जिल्लामा जिल्लाका नेताकार्यकर्ताले भब्य कार्यक्रम गर्दै सम्पन्न भएको थियो।
शाही बिगत तीन महिना देखी कर्णालीक विभिन्न भुभगहरुमा भेटघाट गरिरहेका छन।
त्यसैक्रममा संगठन सुदृढ यात्रा हुम्लाको सिमिकोटमा गर्ने केही प्राविधिक कारणले रोकिएको थियो। सोही यात्रालाई समापन संगै कार्यक्रमको लागी युवा नेता शाही यतिबेला हुम्लाको सिमिकोट पुगेका छन् ।
यतिबेला पार्टीमा कुनैपनि सांगठनिक तथा अन्य केहि कार्यक्रम भईरहेको अबस्थामा कर्णाली संगठन निकै नै कमजोर छ यो अबस्थामा संगठनलाई थप चलायमान,मजबुत र जनता र नेता संग साक्षात्कार गरि संगठन सुदृढ बनाउने र अर्को पटक कर्णाली प्रदेश सरकारलाई कसरी कांग्रेसको बहुमत ल्याउन सक्ने भन्नेकुरामा आफु केन्द्रित भई संगठन सुदृढ गर्ने यात्राको मुख्य उदेश्य रहेको शाहीले बताए।
शाही नेपाल तरुण दलका पुर्ब महामन्त्री तथा कर्णाली प्रदेश सभापतिका प्रत्यासि उम्मेदवार हुन।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु