हिंडिरहेका बेला मोटरसाइकलले ठक्कर दिंदा आमाको मृत्यु, ६ वर्षकी छोरी गम्भीर घाइते

झापा – झापाको मेचीनगरमा पैदल हिंडिरहेका बेला मोटरसाइकलले ठक्कर दिंदा एक महिलाको ज्यान गएको छ भने उनकी ५ वर्षीया छोरी गम्भिर घाइते भएकी छन् ।

बिज्ञापन

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए । मेचीनगर–५ को भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे–११ प ५७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

बिज्ञापन

दुवैलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा देवीमायाको राति मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा रहेकी उनकी छोरी निशाको सोही अस्पतालमा उपचार भइरहेको छ ।शाभार nepal status

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु