हत्या गरेको अभियोगमा सौतेनी छोरी पक्राउ

हत्या गरेको अभियोगमा सौतेनी छोरी पक्राउ
जुम्ला । जुम्लामा सौतेनी छोरीले एक महिलाको हत्या गरेकी छन् । पातारासी गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या भएको हो ।

बिज्ञापन

हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको थियो ।

बिज्ञापन

यसबारे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट तल्फी र प्रहरी चौकी डिल्लीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु