‘स्विमिङ पुल’मा डुबेर एक युवाको मृत्यु

बर्दिया । पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर आज एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

बिज्ञापन

कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु